gulminews logo
मंगलवार, २०८० चैत्र ६

बेलायतवासी गुल्मेलीको च्यारिटीबाट ६ लाख संकलन (भिडियो सहित)

लन्डन । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसर पारेर च्यारिटी डिनर सम्पन्न भएको छ । हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रमलाई निरन्तरता दिंदै समाजले बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा कार्यक्रम आयोजना गरेको हो ।

गुल्मेली नौमती बाजाले स्वागत गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि र एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य विशेष अतिथि तथा दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे र एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर अतिथि थिए ।

पत्रकार ध्रुवराज अर्यालले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत गरेका थिए । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ओम थापा, पूर्वअध्यक्ष अर्जुन गौतम, सल्लाहकार कमल भण्डारी र दयानिधि सापकोटाले मन्तव्य राखेका थिए ।
gulmi jilla samaj news
नेपालमा विभिन्न सामाजिक कामहरु गर्ने उद्धेश्यले समाजले हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर कोष संकलन गर्दै आएको छ । समाजका अध्यक्ष राम गलामीका अनुसार यसपटकको च्यारिटी कार्यक्रमबाट उठेको रकमबाट गुल्मीको शान्तिपुरस्थित रेडक्रस र तम्घासको आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ ।

स्थनीय संयोजक कृष्ण ढकालले मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरुको संयोजनमा गरिएको सो कार्यक्रममा उपस्थिति सम्पूर्ण लाइ धन्यवाद ज्ञापन गरे ।

साँस्कृतिक माहोलमा आगन्तुकहरुलाई मिसेस नेपाल यूके २०१७’ प्रतियोगिहरु प्रिमा पन्त भट्टराई, अमृता गिरी गजुरेल, गीता बस्नेत पाण्डेले उत्कृष्ट नाच प्रस्तुत गरे । साथमा स्थानीय गुल्मेली चेलीहरुको नाचसँगै चर्चित राष्ट्रिय लोकदोहोरी गायक सन्तु थापाको सालेजो, गुल्मेली नौमति बाजा र गायिका रुपा घर्तिको दोहोरीमा पनि अतिथि र अग्रजहरु पनि उठेर,बसेर नाचे । लन्डन नेपालन्युजको लाइभ घरबाटै हरेर पनि संस्थाको पवित्र कार्यको लागि केहि थप अनुदान आएको भन्दै सम्पूर्णलाई गलामीले धन्यवाद दिए ।

कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई समाजका महासचिव शिव भण्डारी र अध्यक्ष राम गलामीले सम्मानपत्र हस्तान्तरण गरेका थिए । समाजले पहिलोपटक गुल्मेलीहरुको बाक्लो बसोबास रहेको मिडल्याण्डमा कार्यक्रम गरेको हो। हेर्नुस शिब भण्डारीले तयार गरेको स्थलगत कार्यक्रमको पुरा भिडियो:

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D