gulminews logo
बिहीबार, २०८१ बैशाख २०

बेलायतबासी गुल्मीलीहरूद्वारा गुल्मीका मृगौला पिडित पुनलाई आर्थिक सहयोग हस्तान्तरण

१८ लाख रुपैँया भन्दा बढी संकलन


काठमाडौं, माघ १२ । गुल्मीका एक मृगौला पीडितको लागि बेलायतबासी गुल्मीलीहरूले सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं. ४ रेमी निवासी दल बहादुर पुन मगरलाई सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर रहेका पुनको दुबै मृगौलाले काम गर्न छोडेको थियो । पुनको उपचारको निम्ती बेलायतबाट संकलीत रकम २ लाख ७८ हजार ९ सय ९८ रुपैँया गत शनिबार हस्तान्तरण गरिएको हो । भारतमा जागिरकै सिलसिलामा रहँदा दुबै मृगौलामा समस्या देखिएपछी घर आएका पुनले उपचारको क्रममा सबै पैसा सकिएपछी सहयोग लागि अपिल गरेका थिए । हाल बुटवल स्थित श्री गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचार खर्च जुटाउन नसकी जीवन मरणको दोसाँधमा रहेका पुनको जीवन जीवन रक्षार्थ बेलायत बासी गुल्मेलीहरुको पहलमा सो रकम संकलन भएको हो । संकलित रकम बुटवल नयाँमिलस्थित बिरामी पुन बस्दै आएको घरमै पुगी हनेरी सुबेदार मेजर थम्मन सिंह थापा काउचा र रिटायर्ड सुबेदार मेजर तथा हनेरी क्यापटन खिम थापा काउचाले दल बहादुर पुन मगरलाई हस्तान्तरण गरेका थिए ।

गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष हाल सल्लाहकार साथै प्रथम नौमती बाजा गुल्मी युके समुहको प्रमुख संयोजक ओम थापा काउचा साथै जमुना पुन रानाद्वयको सक्रियतामा बेलायतमा सहयोग संकलन गरीएको थियो । “यस्ता परोपकारी कार्यमा बेलायतबासी गुल्मेलीहरू अती सक्रीय रहन्छन”, संयोजक थापाले भने, “गुल्मेलीहरुले यस्ता थुप्रै आपद बिपदमा परेकाहरुको जीवन उद्दार तथा ठुलो राहत पुराएको अवस्था छ ।”

मृगौला पीडित पुनको जीवन रक्षार्थ संसार भर छरिएर रहेका गुल्मी चन्द्रकोटबासीहरूले सहयोग संकलन अभियान सन्चालन गरिरहेका छन् । बेलायतका अलावा हङकङ, जापान, सिंगापुर, कोरीया, अमेरीका, ईजरायल, बेल्जियम र मध्यपुर्वका बिभिन्न देशहरुमा सहयोग संकलन अभियान सन्चालन गरिएको छ । नेपालमा परिवार निकट रहेर अभियानमा सकृय सुबेदार रि. नबिन पुनले दिएको जानकारी अनुसार हालसम्म देश बिदेशबाट गरी १८ लाख रुपैँया भन्दा बढी रकम संकलन भईसकेको छ । सहयोग संकलन सँगसँगै बिरामीको मृगौला प्रत्यारोपणको प्रकृिया पनि अघी बढीसकेको पुनले जानकारी दिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D