बेलायतको गुल्मेली भेलाको लागि कलाकारद्वय बैकुण्ठ र सुशिला युके पुगे, तैयारी पुरा

आगामी आईतबार अर्थात अगष्ट ५ मा लण्डनमा हुन लागेको बृहत गुल्मेली भेलामा सहभागी हुन चर्चित लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम बेलायत पुगेका छन् । समाजले हरेक बर्ष जस्तै यो बर्ष पनि अल्डरसटको कनर्ट स्कुलमा कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सहभागी हुन कलाकारद्वय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् ।

कलाकारहरुको स्वागतका लागि समाजका अध्यक्ष राम गलामी सहित अन्य पदाधीकारीहरु र पत्रकारहरु बिमानस्थल पुगेका थिए ।

गुल्मी जिल्ला समाज यूकेले हरेक बर्षा आयोजना गर्ने वार्षिक कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरुलाई बेलायत निम्त्याउने गरेको छ । यसै सिलसिलामा यस बर्षको कार्यक्रमको लागि समाजले कलाकारद्वय महत र गौतमलाई निम्त्याएको हो । समाजको निमन्त्रणामा अघिल्ला कार्यक्रमहरुमा चर्चित कलाकारहरु पशुपति शर्मा, जमुना सनम, मञ्जु पौडेल, सन्तु थापा, रुपा घर्ती लगायतका गुल्मेली कलाकारहरु बेलायत आएर कार्यक्रमहरु गरिसकेका छन् ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुशिला र बैकुण्ठका बाहेक बेलायतमा सकृय प्रथम नौमती बाजा गुल्मी यूकेको पनि विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रमको तयारी पूरा यता वार्षिक भेला कार्यक्रमका लागि तयारी लगभग पूरा भएको समाजले जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D