बेलायतको गुल्मेली कार्यक्रमको लागि दुई गुल्मेली कलाकारहरु बेलायत आउँदै

सन्जु काउछा
गुल्मी जिल्ला समाज यूकेको वार्षिक समर कार्यक्रमको लागि यसपाली पनि नेपालबाट दुई जना गुल्मेली कलाकारहरु आउने भएका छन् । आगामी अगस्ट ५ तारिखमा अल्डरसटको कनर्ट स्कुलमा सम्पन्न हुने कार्यक्रमको लागि चर्चिच गुल्मेली कलाकारद्धय बैकुण्ठ महत र सुशिला गौतम बेलायत आउने भएका हुन् ।

गुल्मी जिल्ला समाज यूकेले हरेक बर्षा आयोजना गर्ने वार्षिक कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरुलाई बेलायत निम्त्याउने गरेको छ । यसै सिलसिलामा यस बर्षको कार्यक्रमको लागि समाजले कलाकारद्वय महत र गौतमलाई निम्त्याएको हो । समाजको निमन्त्रणामा अघिल्ला कार्यक्रमहरुमा चर्चित कलाकारहरु पशुपति शर्मा, जमुना सनम, मञ्जु पौडेल, सन्तु थापा, रुपा घर्ती लगायतका गुल्मेली कलाकारहरु बेलायत आएर कार्यक्रमहरु गरिसकेका छन् ।

राष्ट्रिय स्तरमा समेत चर्चा र लोकप्रियता बटुल्न सफल गुल्मीकै कलाकारहरुलाई प्राथमिकतामा राखेर सम्मान र हौसलाका लागि समाजले बेलायतमा निम्त्याउने गरेको आयोजकहरुले बताए ।

लोकदोहोरी क्षेत्रमा चर्चा कमाउन सफल गुल्मेली गुल्मी ईस्मा, अमरपुरका बैकुण्ठ महत र शान्तिपुरकी सुशिला गौतमले बेलायतको लागि भिसा समेत बुझिसकेको आयोजकले जानकारी दिए । कलाकारहरु अगस्टको सुरुमै बेलायत उत्रिने कार्यक्रम रहेको छ । गुल्मी ईस्मा, अमरपुरका गायक महत पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय छन् ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुशिला र बैकुण्ठका बाहेक प्रथम नौमति बाजा गुल्मी यूकेको पनि विशेष प्रस्तुति रहनेछ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D