बेलायत, २९ मे । बेलायतमा रहेका भार्सेलीहरुको समाज ‘भार्सेली समाज युके’ले भव्यरुपमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गत मे २५ मा बेलायतको केन्ट आस्र्फोड The Norton Knatchbull School मा भव्यरुपमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा समाजका अध्यक्ष छत्र श्रीसको सभापतित्व रहेको थियो भने सञ्चालन समाजका सचिब बिन भुजेलले गरेका थिए ।

त्यस्तै उपाध्यक्ष गिरी पुनको स्वागत मन्तव्य रहेको उक्त भेटघाट कार्यक्रमको प्रमुख अतिथिमा संस्थापक अध्यक्ष क्याप्टेन रिटायर मेख गलामी रहेका थिए भने विशेष अतिथिमा गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष हाल ट्रष्टी सल्लाहकार ओम थापा काउचा रहेका थिए ।

कार्यक्रममा बेलायतमा रहका अभिभावकका छोराछोरीहरु जसले नेपाली समुदायका लागि गर्व गर्ने काम गरेकाहरुलाई सम्मान गरिएको थियो ।
जसमा ओम थापा काउचा र पार्वती थापा काउचाकी छोरी ओशिन थापा काउचालाई सम्मान गरिएको थियो । गत GCSE परिक्षामा उनले उत्कृष्ट नतिजा ल्याएकी थिईन् ।
सोहि अवसरमा भार्सेली समाज युके आमा समूहकी अध्यक्षले समुहले वर्षभरी गरेका गतिबिधि तथा कामको विवरण प्रस्तुत गरेकी थिइन् । साथै संस्थाको गतिबिधि र समिक्षा छलफल गर्दै आउँदा दिनमा समाजका गतिबिधिहरु कसरी सक्रिय रुपमा अगाडि बढाउँदै लैजाने भन्नेमा गहन छलफल गरिएको थियो ।

भार्सेलाई पर्यटन क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा विकास गरिने
समाजले स्थापनाकालदेखि आफ्नो जन्म गाउँको विकासका निम्ति उल्लेखनीय कामहरु गर्दै आएको छ । विशेषत भार्सेको तिब्र विकासका लागि विशेष गरेर पूराना ऐतिहासिक थलोहरुको सम्वद्र्धन, संरक्षण र पुननिर्माण, बैज्ञानिक कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विभिन्न चरणमा सहयोग गर्दै आएका छन् । साथै निकट भविष्यमा पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्दै भार्सेलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउनका लागि सहयोग गरिने पनि सचिव बिन भुजेलले बताए ।
शिव सिंजालीलाई आर्थिक सहयोग
सोहि अवसरमा समाजले गुल्मीको सत्यवती गाउँपालिका लिम्घाका २७ वर्षीय शिव सिंजाली मगरको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भर्खर २७ टेकेका युवा मगर केही गरौं भन्ने उमेरमा भिरबाट लडेर मेरुदण्ड भाच्चिएपछि उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका थिए ।
मगरकी श्रीमती इन्द्राले ६ महिनाको छोरा काखमा लिएर सबैसँग हार गुहार गरिरहेको अवस्थामा गुल्मी जिल्ला समाज युके र लिम्घावासीको पहलमा अर्थ संकलन अभियान चलाएको थियो ।
त्यस अभियानमा साथ दिँदै भार्सेली समाज २००, भार्सेली आमा समुह यूकेबाट १०० गरेर जम्मा ३०० पाउण्ड सिंग्जालीको उपचारका लागि सहयोग गरिएको छ ।
समाजले सत्यवती ८ भोर्स चम्लागैरा निवासी विपन्न तथा दयनीय दलित परिवारका ८० वर्षीया वृद्धवृद्धा गौरी बिक, ७५ वर्षीय लाल बहादुर बिक र ७० वर्षका विष्णु विकलाई आर्थिक सहयोग गर्ने माध्यमको खोजीमा रहेको र त्यसको व्यवस्था हुनासाथ केही रकम सहयोग गरिने पनि समाजका अध्यक्ष छत्र श्रीसले बताए । आफूहरुले सामाजिक संजालबाट थाहा पाएको र उनीहरुको खाता पनि नभएकोले सहयोग गर्न नसकिएको जानकारी दिए ।
स्वागत, सम्मान तथा धन्यवाद
सोहि अवसरमा संस्थाका संस्थापक पदाधिकारीहरु, संस्थापक अध्यक्ष र वर्तमान उपाध्यक्ष क्याप्टेन कुल बहादुर राना लगायतबाट बेलायत भ्रमणमा रहेकी श्रीमती राधा रानालाई स्वागत गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै गोर्खा क्याटरिङ रेष्टुरेण्टको खानपिनका साथै गुल्मी भार्सेलीहरुको ठाडो भाकासहितको सांगितीक प्रस्तुतिले सहभागी सबैलाई केहीक्षण जन्भथलो पुर्याएको थियो । साथै स–साना नानीहरुको प्रस्तुति पनि निकै रमाइलो रहेको थियो ।
यस वर्षको कार्यक्रमको संयोजन संयोजकद्धय अमर दर्लामी र भिष्म शाहीले गरेका थिए । उनीहरु दुवैलाई समाजले धन्यवाद ज्ञापन गरेको थियो । उक्त अवसरमा बेलायतभरीका भार्सेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।