gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बृद्धाद्वारा चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई दान

अनिल खत्री
२९ असोज, गुल्मी । गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तातरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा तुलादानको रकम बिद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तातरण गरेका हुन् ।

चौरासी पूजाको अबसरमा आयोजीत कार्यक्रममा बृद्धा पन्थीले सोहि स्थानमा रहेको सरस्वती प्राबिलाई आफनी श्रीमती हिमकला पन्थीको नाममा रु २० हजार १ सय हस्तातरण गरेका हुन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम्मन घिमिरे र बिद्यालयका प्रधानाध्यापक थम्मनबहादुर केसीलाई पूजा कार्यक्रमै पन्थीले नगद हस्तातरण गरेका थिए । बिद्यालयमा पढ्ने अति बिपन्न एवं जेहेन्दा बिद्यार्थीलाई पढाउनको निम्ति खर्चिने गरि बिद्यालयलाई हस्तातरण गरेको पन्थीले बताए ।

अक्षयकोष रकम पछि थप्दै लगिने अक्षयकोष दाता परिवारका मेघराज पन्थीले बताए । क्षयकोष रकम बुझदै बिद्यालयका प्रधानाध्यापक केसीले चौरासी पूजाको अबसरमा तुलादान बापतको रकम बिद्यालयलाई दिएर उदाहरणीय काम गरेको बताए ।

उनले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एक जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृद्धि प्रदान गर्ने प्रधानाध्यापक केसीको भनाई छ । उनले गरिव तथा जेहेन्दार बिद्यार्थीलार्इ पढाउनको निम्ति बिद्यालय प्रति देखाएको योगदानको प्रशंसा गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D