gulminews logo
शनिबार, २०८१ बैशाख १५

बुटवल-पाल्पा सडक १५ रात अवरुद्ध, एम्बुलेन्स मात्रै चल्न पाउने

बुटवल, कार्तिक २७ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड १५ रात बन्द हुने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गको बुटवल – पाल्पा सडक खण्ड अन्तर्गत दोभान आस–पास क्षेत्रमा सडक चौडा कार्यको लागि आवागमन बन्द गर्नु परेको हो ।

डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने भएको हो । उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ ।

यद्यपी, उल्लेखित समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D