Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बुटवल–पाल्पा सडक १५ दिन रातिमा बन्द हुने - Gulminews

बुटवल–पाल्पा सडक १५ दिन रातिमा बन्द हुने

बुटवल, २८ मंसिर । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ ।

सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ ।

उक्त सडक महेश इन्जिनियरिङ सत्यवती जेभी नवलपरासी पश्चिम र बन्दन भगवती÷महेश सत्यवती जेभीले बनाउने ठेक्का पाएका छन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D