बुटवल जाँदै गरेको जिप तिनाउमा दुर्घटना हुँदा दुईको मृत्यु, २ जनाकै सनाखत

बुटवल, १९ मंसिर । पाल्पाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना भएको छ । बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु१ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा विहिबार विहान दुर्घटना भएको हो । पाल्पाको जीप दुर्घटनामा मृत्यु हुने दुई जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले जानकारी दिए ।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप तिनाउ गाउँपालिका-५ चौबिस माइल नजिक दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा अरू कोही नभेटिएकोले जीपमा चालक र सहचालक बाहेक कोही नभएको हुन सक्ने प्रहरीले बताएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D