gulminews logo
मंगलवार, २०८१ बैशाख ११

बुटवलमा स्कुटी दुर्घटनामा परी गुल्मीकी २३ बर्षिया सुस्मिताको मृत्‍यु

बुटवल, कार्तिक ८ । रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । गत शुक्रबार राती बुटवलबाट तिलोत्तमा तर्फ जाँदै गरेको लु.३०.प ४२६० नम्बरको स्कुटी दुर्घटना हुँदा गुल्मीकी २३ बर्षिया सुस्मिता क्षेत्रीको मृत्‍यु भएको हो ।

क्षेत्री सवार स्कुटर तिलोत्तमा नगरपालिका–२ स्थित सिताराईस मिल नजिक दुर्घटना बहेको थियो । सो दुर्घटनामा परी स्कुटरकी चालक गुल्मीदरबार गाउँपालिका स्थाई घर भई तिलोत्तमा–१ शंकरनगर बस्ने २३ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रादेशिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुस्मिताको घर गुल्मीदरबार गाउँपालिका–४, साविक बिरवास गाविसको भट्टेचौर देउरालीमा हो । उनी परिवारसँगै तिलोत्तमा १ को शंकर नगरमा डेरा गरी बस्दै आएकी थिईन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D