बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका सुवासले ज्यान गुमाए

बुटवल, २ भदौ । गुल्मीका एक युवाले बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका छन् । बुटवल स्थित ढवाहामा सोमबार भएको सवारी दुर्घटना हुदाँ गुल्मीका सुवास पछाँईले ज्यान गुमाएका हुन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ ढवाहामा आज दिउँस दुर्घटना भएको हो ।

मुख्य राजमार्गबाट दक्षिण तर्फ जादैँ गरेको लु २ च ३२६ नम्बरको मालसमान बोक्ने गाडि लाई पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३२ प ५००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा परि ज्यान गुमाउने मोटरसाइकल चालक गुरुङको घर गुल्मी जिल्ला मुसिकोट गुरुङधारा हो । २६ वर्षिय सुुवास पछाईको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले पुष्टी गरे । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D