gulminews logo
शनिबार, २०८१ बैशाख १५

बुटवलमा जेब्राक्रसिङमै टिप्परले ठक्कर दिँदा गुल्मीकी आचार्यको मृत्यु

बुटवल, कार्तिक १६ । रुपन्देहीमा जेब्राक्रसिङमै टिप्परले ठक्कर दिँदा गुल्मीकी एक बृद्वाको मृत्यु भएको छ ।

तिलोत्तमा स्थित शंकरनगरमा जेब्रात्रसिङबाट सडक पार गर्दै गरेकी गुल्मी कालीगण्डकी गाँउपालीका घर भएर तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आएकी प्रेमकुमारी आचार्यलाई टिप्परले ठक्कर दिँदा उनको मृत्‍यु भएको हो ।

आज बिहान करिब ६ बजेको समयमा सडक पार गर्दे गरेकी ७८ वर्षिया आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परले ठक्कर दिएर घाईते भएकी आचार्यको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएपनि पछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानमा लु २ ख २२१६ नम्बरले ठक्कर दिएको तथा चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D