राज भण्डारी
युएई, जुन ०३ । गुल्मी सेवा समाज युएईको चौथो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । गुल्मी जिल्लाबाट रोजगारि, ब्यवसाय वा अन्य बिबिध सिलसिलामा युएईमा रहेका सम्पुर्ण गुल्मेलीहरु संस्था गुल्मी सेवा समाजको चौथो अधिबेशन आगामी जुन २१ तारिखमा सम्पन्न हुँदैछ ।
प्रवासमा रहेर पनि गुल्मेली गुल्मेली एक भई गरिब असायहरुलाई आवश्यक परेको बेला सहयोग गर्ने उद्देश्यले स्थापित सँस्था गुल्मी सेवा समाजको लामो समय सम्म नयाँ कार्यसमिती चयन हुन सकिरहेको थिएन ।
अधिवेशन २१ जुनको दिन दिउँसो २ बजे देखी देरा दुबई स्थित फ्लोरा क्रिक होटलमा बिबिध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न हुन लागेको संस्थाका महासचिव रुद्र पुरुषले एक बिज्ञपति निकाल्दै जानकारी दिनुभएको छ ।
सँस्थाका अध्यक्ष लक्ष्मण अर्यालले युएईमा छरियर रहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई कार्यक्रममा उपस्थित भै संस्थामा आबद्ध भईदिन अनुरोध गर्नुभएको छ ।