gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बिपन्न खड्का परिवारको रोदन: चन्दाकै भरमा उपचार र मृत्यु संकार, छोराको आशमा ९ छोरी

टोपलाल अर्याल
गुल्मी, २५ फागुन । मदाने गाउँपालिका ७ का ४२ बर्षीय राम बहादुर खड्काको दुवै मृगौला फेल भएर १५ फागुनमा ज्यान गयो । बिपन्न खड्का परिवार । तीन महिना खान पुग्ने सम्पति छैन् । १० जनाको परिवार । राम बहादुरको पाखुरी नचले बिहान बेलुका चुलो बल्दैनथ्यो । उनी एक्कासी थला परे । स्वास्थ्य परिक्षणकै क्रममा दुवै मृगौला फेल भएको पत्तो लाग्यो । खड्का परिवार भावबिव्हल भए । गरिव परिवार, ठुलो रोग ।

श्रीमती निर्मलाले श्रीमान बचाउन गाउँमा ऋण धन गरिन् नै । त्यो संगै चन्दा उठाउन समेत पछि परिनन् । रकम अभावमा सोचे अनुसारको उपचार भएन । खड्कालाई रोगले च्याप्दै गयो । अन्तत: फागुन तेस्रो हप्ता श्रीमानको मृत्यु भयो । परिवार धानेका मुली मान्छेको नै मृगौला फेल भएर मृत्यु भएपछि खड्का परिवारमा जोहोको अर्को उपाय छैन ।

११ बर्षिय मनिषको काँधमा किरिया

राम बहादुरको उपचार मात्रै चन्दा संकलन गरेर गरिएन । मृत्यु संस्कार समेत चन्दा उठाएर गरिएको छ । अहिले ११ बर्षीय मनिष बाबुको किरया बसेका छन् । उनी आफै हर्नियाको समस्याले पीडित छन् । त्यो माथी बाबुको शोक थपियो । जन सेवा निमाविको कक्षा ३ मा अध्ययन गर्दै आएका मनिषले बार्षिक परिक्षाको समेत तयारी गर्न पाएनन् ।

मनिषको पीडा देखेर छिमेकीहरुले सहयोग गरिरहेका छन् । स्थानीय नारायण पौडेलले बुबा राम बहादुरको उपचारदेखि बालकलाई किरियाबाट उम्काउन आफुहरुलाई समस्या रहेको बताए । ‘राम बहादुरकै उपचारमा लाखौ खर्च गरे तर बचेनन्’, पौडेलले भने, ‘घाटदेखि किरियासम्म चन्दा उठाएर उम्काउँदै छौ, छोराछोरीको चिल्ली र बिल्ली छन् ।’ सवैले यो परिवारलाई सहयोग गर्न अपिल गरे ।

छोराको आशमा ९ छोरी

बिपन्न खड्का परिवामा पहिले पाँच छोरी जन्मिए । छोरा पाउने सामाजिक सोचले त्यो परिवारलाई समेत छोडेन । नौ छोरी बीचका मनिष छोरा हुन् । अहिले पनि काखमा चार बर्षकी छोरी छन् । मनिषका पाँच दिदि र चार बहिनी हुन् । चार बहिनी मध्ये एक बहिनीको मृत्यु भयो । बाँकी दिदिबहिनी जीवित छन् । दुई दिदिले आठ पढ्दा नै बिहे गरे । बिपन्नता भित्र नौ सन्तानको बिहान–साँझको गुजारा चलाउनै खड्का परिवारलाई मुस्किल पर्थ्यो । त्यसै माथी जटिल रोगले घरकै मुली अभिभावक गुमाउँदा परिवार नै बिचल्लीमा परेको छोरी पवित्रा खड्काले बताइन् ।

दु:खमा नेताको सहयोग

खड्का परिवारको दुखमा नेकपाका नेता बुद्धि जिसीले थोरै भए पनि मलम लगाएका छन् । स्थानीय समेत रहेका जिसी राम बहादुर खड्काको मृत्युपछि परिवारमा परेको पीडा देखेर पैसा लिएर घरमै पुगेका थिए । उनले मृतककी छोरी पवित्रालाई नगद ३५ हजार सहयोग गर्दै सवैलाई सहयोग गर्न आग्रह समेत गरे । ‘खड्का परिवारमा ठुलो बज्रपात प¥यो, मृत्यु संस्कार उम्काउन समेत मुस्किल परेको छ,’उनले भने,‘सवैले सहयोग गरौ छिमेकी दुखमा चिन्ने हो ।’ उनले नौ मध्ये तीन सन्तान ११ बर्ष मुनीका भएकाले पढाई दिने तीन जना ब्यक्तिहरु आफ्नो सम्पर्कमा आएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D