gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा गुल्मीका पाण्डेको मृत्यु, २ जना बेपत्ता

कपिलवस्तु, असौज ८ । कपिलवस्तुमा बाढीले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।

वाणगङ्गा नगरपालिकाको कोइली खोलामा बुधवार आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो ।

वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ । नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् ।

जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D