बाग्लुङकी बालिका गुल्मीमा मृत फेला

टोपलाल अर्याल
गुल्मी, २६ बैशाख । जिल्लाको रुरु गाउँपालिका ५ बम्घामा एक बालिका मृत फेला परेकी छन् । शुक्रबार दिउँसो बाग्लुङ बडिगाड गाउँपालिका ३ की १२ बर्षिया सरिता विक मृत फेला परेकी हुन् ।

बम्घाको बगौने स्थित यमकुमारी रानाको घरमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक चुरामणी पुनले बताए । रानाको घरमा बाग्लुङ बडिगाड गाउँपालिका ३ कै टेक बहादुर घर्तिको परिवार बस्दै आएका थिए । मृतक बालिकाको परिवार घटनास्थलमा आउँदै गरेकाले थप अनुसन्धानको काम बाँकी रहेको प्रहरी निरिक्षक पुनले बताए ।

बालिका मृत भेटिएको घरमा बस्दै आएका टेक बहादुरले झुण्डिएको देख्ने बित्तिकै छोरीले पासो काटेको र पछि उनले पासो फालेको रुरु क्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले बताए । बालिकाको घाँटीमा पनि डोरीको डाम रहेको प्रहरीले जनाएको छ । बालिका गएको चैतदेखि त्यो घरमा बस्दै आएकी थिइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D