डडेलधुरा, २८ कार्तिक । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पुष्टि गरे ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक राति करिब साढे १० बजेतिर दुर्घटनामा परेको उनले बताए ।
दुर्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।