बस दुर्घटना फलोअप: गाडीधनी बस्नेतको उपको क्रममा अस्पतालमा मृत्‍यु

काठमाडौं, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधवार बेलुका भएको बस दुर्घटनामा परी बस चालकको पनि उपचारका क्रममा मृत्‍यु भएको छ । दुर्घटनाग्रस्त लु२ख २१४८ नम्बरको बसका गाडी धनी सन्त बहादुर बस्नेतको उपचारको क्रममा चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यो पनि पढ्नुस्: सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भुकम्प

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको बुधवार बेलुका घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परी अहिलेसम्म १९ जनाको मृत्यु भएको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिए । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । गाडी धनी सहित यो समाचार तयार पार्दा सम्म ९ जना मृतकको सनाखत भएको छ । (पुरा बिवरण हेर्न यहाँ क्लिक गर्नुहोला )

घाइतेलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । बस सडकबाट झण्डै पाँच सय मिटर तल खसेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D