तिलाचन पाण्डे
गुल्मी, कात्तिक १ । असोज २९ गते रेसुडगा नगरपालिका वडा नं ४ को प्याकुले भिरमा माथिबाट खसेको ढ्डगाले लागि घटना स्थलमै ज्यान गएकाको तीन दिन पछि पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार ईश्मा गाँउपालिका वडा नं ६ अमरपुरका २६ बर्षिय युबराज कुमाल रहेको कुमालको शब पोष्टमाटम गरि घरपरिवारलाई बुझाईएको जनाएको छ ।
शबको पहिचान हुन नसकेपछि प्रहरीले सञ्चार माध्यमहरुबाट सुचना समेत प्रशारण गरेको थियो । शब पहिचान हुन नसक्दा प्रहरीले शबलाई नगरपालिकाको जिम्मा लगाउने तयारी समेत गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी गंगा ब. थापाले जानकारी दिनुभयो ।
शब धैरै दिनको हदै गएकाले र पहिचान हुन नसकेपछी नगरपालिकाको जिम्मा लगाउने तयारी गरेका थियौ थापाले भन्नुभयो ।