बढ्यो गुल्मीकाे ह्वाक्ने छहराको सुन्दरता, आन्तरिक पर्यटकको घुँईचो

दिपेन्द्र खत्री
२६ असार, गुल्मी । गुल्मी जिल्लाकाे सदरमुकाम तम्घास नजिकै रहेको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै गएकाे छ । उक्त छहरा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर १० मा अबस्थित छ ।

प्राय: जसो भदौ–असोजमा मात्रै बग्न सुरु गर्ने छहरा याे बर्ष चाहिँ अविरल बर्षाका कारण असार मै वग्न थालेकाे हाे । उक्त छहरा स्वरुप परिवर्तन भएपछि आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको हाे । बर्षा सुरु भएसंगै पानीको सतह बढेपछि छहराको सुन्दर दृश्य बनेको छ ।

सदरमुकाम तम्घासवाट अबलोकन गर्न करिब ५ कि.मीकाे दुरीमा रहेकाे उक्त छहरा तम्घास–रिडी सडक खण्डको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ ।

छहरा अवलोकन गर्नेहरु दिनदिनै जसो बढ्दै गएकाे स्थानीयकाे भनाई छ । उनीहरु छहरालाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने र फेसबुक लगायत सामाजिक सन्जालहरुमा पोस्ट गर्ने गर्दछन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D