gulminews logo
बिहीबार, २०८० चैत्र १५

बडिगाड २, सिमलचौरमा आगलागि हुँदा १ घरगोठ पूर्ण रुपमा जल्यो, परिवारको विचल्ली

कमल पौडेल
०८जेठ, खर्वाङ। वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ। राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानियको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो। घर र गोठ एकैठाउँमा तथा खरको छानो भएको र राती भएकोले गोठमा बाँधीएका पशु फुकाउनु बाहेक केहि जोगाउन नसकिएको र २ लाख ४५ हजार बरावरको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले बताउनु भएको छ।

घर धनि सुरज मदिराले माती घरमा श्रीमति राधिका र छोरा छोरीलाई पिट्न थालेपछि भागेको र सोहि समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानियले बताएका छन्। पिडित राधिकाले श्रीमान्ले आफुहरुलाई कुट्न थालेपछि छोराछोरी हातमा लिइ ज्यान वचाउँन छिमेकीको घरमा पुगेको त्यतिनै बेला रिसले चुर भएका श्रीमान्ले आगो लगाएको बताइन्। घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानियले घर भित्रैबाट निकालेका निकालेका थिए।

आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्वाङमा राखेको छ। घटनाको थप अनुसन्धान भैरहेको र आरोपित सुरजलाई जिल्ला चलान गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ। उता यस वर्ष वडा कार्यालयको खरको छानो विस्थापित गरि टिनको छाना लगाउने गरि तयार गरिएका सवै काठ सहित सिँगो घर गोठ नै जलेपछि परिवार विचल्लीमा परेको छ। दैनिक रुपमा ज्याला मजदुरीवाट गुजारा गर्दै आएको परिवारमा लत्ता कपडा सहित घरमा भएको सवै जलेपछि विचल्लीमा परेको हो। परिवारमा श्रीमान्, श्रीमती सहित ३ छोरा र १ छोरी रहेका छन्।

जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरेपनि अहिले बन्दाबन्दिले समस्या परिरहेको र घरमा रहेका छोरा छोरी साना भएकोले थप समस्या पर्ने देखिएको हो। अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपाल सहित सहयोग गर्ने अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभएको छ। विचल्लीमा परेको सो परिवारलाई सहयोगको खाँचो देखिएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D