कमल पौडेल
२८ माघ, बागलुङ। बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा आगलागी हुँदा १ गोठ जलेर नष्ट भएको छ। स्थानिय चुमकान्त पोखरेलको गोठ आगलागि हुँदा गोठमा रहेको खर, पराल पूर्ण रुपमा नष्ट भएको छ। स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुन वाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्किले बताउनु भएको छ।

उद्धारको लागी प्रहरी सहायक निरिक्षक मान बहादुर कार्कि सहित स्थानियहरुको व्यापक उपस्थिति रहेको थियो। आगलागी वाट करिव २ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ। साना केटाकेटिले आगो खेलाउँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको यद्यपी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। करिव ५ वजे तिर लागेको आगो १ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो।