बडिगाड १० निगलपानीमा डाेजरमाथी दुङ्गा खस्दा २ काे मृत्यु

बिमल खड्का
बागलुङ २२ फागुन । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा ( डाेजर) माथी दुङ्गा खस्दा चालक र सह-चालकको घटना स्थलमै मृत्युु भएकाे छ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसेको बताएकाे छ ।

मृत्युु हुनेमा डाेजरका चालक तमानखाेला गाउँपमलिका – ५ खंुखानी बर्ष ३२ काे प्रेम श्रीपाली र ढाेरपाटन नगरपालिका -४ खंुगा बर्ष ३२ कै गिर प्रसाद फगामी रहेकाे रानाले बताए ।
दिउसाे ३ बजेकाे समयमा गंगरे हुदै भिमगिठे जाेड्ने माेटरबाटाे खन्दै गरेकाे अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा साे दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएको छ।

रानाकाे अनुसार डाेजर सँगै रहेका सहचालक फगामीकाे शव निकालिए पनि चालक श्रीपालीकाे शव भने पुरिएकाले मेसिन ल्याएर मात्र निकालिने बताए । शव निकालेपछि बुर्तिबाङ स्वास्थ्य केन्द्रमा पाेस्मार्टमका लागि लगिने उनले बताए

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ