gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बडिगाड खोलामा र्याफ्टिङको सफल परिक्षण

टोपलाल अर्याल
२३ मंसिर, गुल्मी । जिल्लाको सत्यवति गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावति) खोलामा र्याोफ्टिङ्गको सफल परिक्षण गरिएको छ।चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवति-५को, साहाघाटदेखि सत्यवति-१ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर भन्दा बढी दुरीमा र्याअफ्टिङ्ग गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको छ। गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बोटमा चढेर उद्घाटन गरे । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा कर्मचारी टोलीले गाइडको साथमा उक्त दुरी तय गरेको थियो। साथै पथप्रदर्शनको लागि २ वटा कायाकिङको समेत व्यवस्था गरिएको थियो।

कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको सत्यवति गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा र्या्फ्टिङ्ग व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको गाउँपालिका प्रमुख ढकालले बताए । परिक्षणपश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले बडिघाट खोला निकै सम्भावनायुक्त रहेको कारण प्रचारप्रसार गरी वाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने बताएको थियो । नदीको बीचका केही ढुङ्गाहरु हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने सुझाव टोलिको रहेको थियो । उक्त एक्प्लोरर बोटमा प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी, गोपाल सेन (नासु), भुवन पन्थी(लेखापाल), प्रेम कुंवर (आई.टी.अफिसर), मुक्ति भण्डारी (कृषि प्राविधिक) र नारद श्रेष्ठ (स्थानीय) र एक जना गाइड गरी ७ जना रहेका थिए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D