बडिगाडमा भेलले बगाउँदा स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको निधन

अनिश शर्मा गैरे
गुल्मी, २ भदौ । अविरल बर्षाको कारणले बडिगाड गाउँपालिका वडा.न.७ मा एक बालिकाको निधन भएको छ ।

बडिगाड गाउँपालिका वडा.न.७ निवासी बुद्धि बहादुर परियारको बर्ष ८ कि छोरि डाँफेपातल आधारभूत विधालयमा कक्षा २ मा अध्ययनरत बिद्यार्थी शर्मिला परियारको निधन भएको वडाध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिए ।विद्यालयबाट विदा हुने समयमा ठुलो पानी परिराखेको र बिधार्थिलाई ५ बजे सम्म विधालयमै राखिएको तर शर्मिलाको अभिभाबक बच्चा लिन बिधालयमा आएकोले निजको जिम्मा लगाई पठाएको विद्यालय प्रशासनले बताएको छ ।

बिधालय देखि घर तर्फ आउँदै गर्दा थाम्का सैरेनि मोटरबाटो अन्तर्गत पर्ने थाम्का दोवटा भन्ने ठाउँमा बर्षाको कारणले आईरहेको भलले बगाउदा बालिकाको निधन भएको वडाध्यक्ष गुरुङ्गले पुष्टि गरे ।

गाउँका छरछिमेकले शर्मिलालाई भलले बगाएको सुचना गरेका थिए र निजलाई खोज्दै जाँदा बगाएको ठाउँबाट करिब ८०० मिटरको दुरिको मृत अवस्थामा शर्मिलाको शब भेटिएको थियो ।

घटनास्थलमा वडा अध्यक्षबाट अबलोकन गरि ईलाका प्रहरी कार्यालय भिमगिठेमा र बडिगाड गाउँपालिकामा जानाकारि गराइएको छ । आइतवारको अविरल बर्षाको कारणले बडिगाड गाउँपालिकामा वडा.न.७ मा ठूलो क्षति पुर्याएको अध्यक्ष गुरुङ्गले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D