सन्जु काउछा
हेल्सिन्की । फिन्ल्यान्डको राजधानी हेल्सिन्की भब्य तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । फिन्निश-नेपाली समाजको आयोजनामा हरितालिका तीजको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । आगामी अगस्त २५ तारिख शनिबारका दिन हेल्सिन्की स्थित कोन्तुलामा सम्पन्न हुने कार्यक्रममा फिन्ल्यान्डका बिभिन्न स्थानहरुमा रहेका नेपाली संघसंस्था तथा दिदिबहिनीहरुको समुहले सहभागीता जनाउने अपेक्षा रहेको आयोजकहरुले बताए ।
फिन्ल्यान्ड आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको पहलमा एउटा छुट्टै पहिचान बनाएको फिन्निश-नेपाली समाजले नेपाली चाडबाडहरुमा हरेक बर्ष बिबिध कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यस पटकको तीजमा भने पहिलो पटक बिशेष प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ l
फिन्ल्यान्डका बिभिन्न स्थानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरंजन लिन अनुरोध गरिएको छ । यसपटकको कार्यक्रम अघिल्ला बर्षहरुमा भन्दा भब्य हुने र उल्लेख्य मात्रामा नेपाली दाजुभाईदिदि बहिनीहरुको उपस्थीती हुनेमा बिश्वस्त रहेको समाजका अध्यक्ष हेमराज शर्मा बताउछँन l
कार्यक्रम बारे जानकारी:
स्थान: Ostostie 4, 00940 Helsinki
समय: दिउँसो ठिक १ बजे देखि
मिति: अगष्ट २५ २०१७