सन्जु काउछा
हेल्सिन्की, जुलाई २७ । रुपाकोट समाज फिन्ल्यान्डको दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फिन्ल्यान्डको राजधानी हेल्सिन्की स्थित मिल्युपुरोमा शनिबार सम्पन्न भएको हो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वार्ड नं ७ रुपाकोटमा पुर्ख्यौली थलो भई हाल रोजगार, ब्यापार, अध्ययन लगायत बिभिन्न सिलसिलमा फिन्ल्यान्डमा बसोबास गर्ने रुपाकोटेहरुको सँस्था रुपाकोट समाज फिन्ल्यान्डले अघिल्ला बर्षहरुमा जस्तै दरखाने कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको हो । मिल्युपुरो स्थित मुस्तापुरोमा सम्पन्न कार्यक्रममा रुपाकोटका अलावा छिमेकी गाउँटोलका दाजुभाई दिदी बहिनीहरुलाई पनि निमन्त्रणा गरिएको थियो ।

“अघिल्ला बर्षहरुको भेलामा रुपाकोटेहरुको मात्र उपस्थिती हुने गरेकोमा यसपाली गुल्मीका बिभिन्न स्थानका दाजु भाई दिदी बहिनीहरुको उपस्थिती देख्दा एकदम खुशी लागेको छ”, समाजका सचिब मुकुन्द भण्डारीले भने, “यसले प्रदेशी भुमिमा रुपाकोटेहरुको समग्र गुल्मेलीहरुसँगको सम्बन्ध थप मजबुद गराउनेमा हामी ढुक्क छौ ।”

बिदेशी भुमीमा रहँदा बेलाबेलामा आफ्नो गाउँटोलका साथीभाई, छरछिमेकी, नातागोता र चेलीबेटी जम्मा भई दु:ख सुख साटासाट गर्ने उद्देश्यले समाजको स्थापना गरिएको अध्यक्ष भक्तिराम भण्डारीले बताए ।
कार्यक्रममै दुबै मृगौला फेल भएर बिरामी परेका रुपाकोटका २७ बर्षिय गोपाल बिकको उपचारार्थ सहयोग पनि जुटाईएको थियो ।

झण्डै २०० जनाको उपस्थिती रहेको कार्यक्रममा हेल्सिन्कीमा रुपाकोटेहरुले सन्चालन गरेका रेस्टुरेन्टहरु बिहानी रेस्टुरेन्ट (गणेश भण्डारी), नाङ्लो रेस्टुरेन्ट (पुनाराम भण्डारी), रेस्टुरेन्ट तिलिचो (भक्तिराम भण्डारी), रेस्टुरेन्ट माउण्टेन (धर्म भण्डारी), रेस्टुरेन्ट लुक्ला (डिल्लिराज/राम प्रशाद गैरे), रेस्टुरेन्ट रोयल पोखरा (भागीरथ भण्डारी), कान्तिपुर रेस्टुरेन्ट (पेउनारायण भण्डारी), फुलबारी रेस्टुरेन्ट (भुवन भण्डारी), माउण्ट कैलाश रेस्टुरेन्ट (कुलमणी भण्डारी) र सिम्रिक रेस्टुरेन्ट (बेद प्रशाद भण्डारी) ले खाना, पेय पदार्थ तथा खानपिनमा आवश्यक सामाग्रीहरु उपलब्ध गराएको आयोजकले जानकारी दिए ।
