फिन्ल्यान्डको हेल्सिन्कीमा समर पिकनिक २०१८ सम्पन्न

सन्जु काउछा
हेल्सिन्की, जेठ १८ । फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा फिन्निश-नेपाली समाजको समर पिकनिक २०१८ सम्पन्न भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि हेल्सिन्किको मिल्युपुरोमा आयोजित कार्यक्रममा फिन्ल्यण्डका बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा घैटो फोर, सिनियर र जुनियर तर्फ कबड्डी प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यस्तै सहभागीहरुली नेपाली भजन, झ्याउरे, लोकदोहोरी लगायतका मौलिक गीत संगितमा नाचगान गरेर रमाईलो गरेका थिए ।

सन् २००५ सालामा स्थापना भएको समाजले नेपाली सँस्कृतीलाई निरन्तरता दिने, चाडपर्वहरु मनाउन ब्यब्स्था गर्ने, बिदेशमा जन्मेर हुर्केका बालबालीकाहरुलाई नेपाली भाषा सिकाउन जोड दिने र नेपालमा बिभिन्न संघ-सँस्थासँगको सहकार्यमा समाजिक सहयोग गर्ने साथै विपत्तिको समयमा सहयोग जुटाउने जस्ता कार्य गर्दै आएको छ ।
finnish nepalse society
२०७२ साल बैशाख १२ मा भएको प्राकृतिक विपत्तीमा सँस्थाले भुकम्पबाट अती प्रभावित रि गाविसको तावल गाउँमा झन्डै ६ लाख रुपैँया बराबरको सहयोग पुर्याएको थियो । २०७३ सालमा गुल्मीको बडागाउँ गाविसको वडा न १ र २ मा लागेको भीषण आगलागी बाट पीडितहरुको राहतको लागि पनि समाजले २ लाख रुपैँया नगद सहयोग हस्तान्तरण गरेको थियो ।

दुबै म्रिगौला फेल भएर उपचार गराईरहेका निम्न बर्गिय परिवारका सदस्य गुल्मी जिल्ला तुराङ गाविस स्थित पुल्कामुखका म्रिगेन्द्र श्रेष्ठलाई पनि नगद २ लाख रुपैँया सहयोग गरेको थियो । त्यसैगरी समाजले गत बर्ष धुर्मुस सुन्तली फाउण्डेशनलाई पनि आर्थिक सहयोग गरेको थियो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो ।

गत बर्ष नै फिनल्याण्डमा ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल पठाउन फिन्निश-नेपाली समाजले झन्डै १ लाख रुपैँया सहयोग गरेको छ । खोटाङको रतन्छाका दिपक राईको गत बैशाखमा फिन्ल्यान्डमा मृत्‍यु भएको थियो । फिनल्याण्ड हुँदै नर्वे जाने क्रममा मृत्‍यु भएका राईको अवैधानिक बाटो भएर नर्वे जान लागेको भन्दै नेपाल सरकार र फिन्ल्याण्ड सरकारले कुनै चासो नदिएपछि शव गत ४ महिना देखी फिन्ल्यान्डमा अलपत्र परेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D