Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
प्राधिकरणको लापर्बाहीले करेण्ट लागेर दुई युवतीको मृत्यु, स्थानीयले शव उठाउन मानेनन् - Gulminews

प्राधिकरणको लापर्बाहीले करेण्ट लागेर दुई युवतीको मृत्यु, स्थानीयले शव उठाउन मानेनन्

भरत सापकोटा, बागलुङ २०७५ जेठ ५ । काठेखोला गाउपालिका ६ बिहुँकोटमा विद्युत करेण्ट लागेर दुई युवतीको मृत्यु भएको छ । आज बिहानै जंगलमा घाँस पर्सेउला लिन गएका स्थानीय २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल विहान अबेर सम्म घरमा नफर्केपछी फोन गर्दा समेत सम्पर्क नभएकाले खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा भेट्टिएका थिए । यस दु:खद घटना पछी घटनास्थलको अवस्था तनावपूर्ण बनेको छ ।

बिद्युत प्राधिकरणको चरम लापर्बाहीका कारण दुइै महिलाको मृत्यु हुन गएको भन्दै स्थानीयले मृतक महिलाहरुको शव उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपनि आक्रोशित जनसमूहले जबसम्म विद्युत प्राधिकरणले घटनाको जिम्मा लिँदैन तबसम्म शव उठाउन नदिने अडानमा रहेका छन् ।

धेरै पहिले देखी विद्युत पोलको माथी रहेको तार अडाउने ठाउबाट तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट करेण्ट जमीनमा प्रवाह भएर बाटो हिँड्नेको ज्यान जानसक्ने भएको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेकोले आज यस्तो दुखद घटना घट्न पुग्यो भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् ।

बिद्युत पोलहरु जीर्ण रहेको र प्राधिकरणले समयमै त्यस्को उचित व्यवस्थापन गर्न नसक्दा आजको दुखद घटना घटेको स्थानीयको भनाई रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D