gulminews logo
शनिबार, २०८१ बैशाख १५

प्रहरी दिवसमा गुल्मीका ७ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत

अनिल खत्री
२० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ७ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत भएका छन् । नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट कार्य सम्पादन आधारमा सम्मान जिल्ला भर रहेका मध्ये प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरिक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार तिलक बेल्बासे, प्रहरी जवानहरु कृष्णबहादुर रायमाझी, दुर्गा बुढा, दिपक बोटे, सुभम घर्ति मगर, सरोज श्रेष्ठ रहेका छन् । दिवसको अबसरमा बिहिवार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले नगदले सम्मान गरेका थिए ।

दिवसको अबसरमा आयोजित ब्याडमिण्टन खेलमा प्रथम हुने प्रहरी नायव निरिक्षक भेषबहादुर घर्तिमगर, प्रहरी सहायक निरिक्षक मिनबहादुर सेन, द्धितिय हुने प्हरी निरिक्षक सुबराज बम र प्रहरी जवान लुकप्रसाद पुन, तृतिय हुने प्रहरी सहायक निरिक्षक बिजय क्षेत्री र बिष्णुकुमार थारु, महिला तर्फ घैटो फोर तर्फ प्रथम हुनेदुर्गा बुढा रहेका छन् । उनिहरु सबैलाई प्रमुख जिल्ला अधिकारी पौडेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराईले सम्मान गरेका थिए ।

दिवसको अबसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका प्रहरी जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए । प्रहरीले नागरिकसँग सहकार्य गरे अगाडी बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताए । कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले नागरिसँग सहकार्य गरेर लागु औषध, घरेलु हिंसा लगायतमा आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढने बताएका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D