gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रधानमन्त्री केपी ओली वामिटक्सार किन आएनन् ? खास कारण यस्तो रहेछ

सन्जु काउछा
फागुन १३ । मुसिकोट नगरपालिका स्थित वामिटक्सारमा रहेको महेन्द्र आदर्श माबि वामीमा सोमबार हीरक महोत्सब तथा श्रीमदभागबत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ आज उद्घाटन गरीएको छ । तामझामका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गरे ।

यो पनि पढ्नुस्: रिडी-वामी सडक कालोपत्रेको प्रकृयामा, वामिमा ५० शैयाको अस्पातल पनि प्रकृयामै: मन्त्री बिष्ट

यो पनि पढ्नुस्: महेन्द्र आदर्श माबि हीरक महोत्सबको पहिलो दिनका ८ रोचक फोटोहरु

खासमा यस अघी यो महोत्सबको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय गरिएको थियो । उनी नै कार्यक्रमको प्रमुख अतिथी हुने भन्ने समाचार पनि आएका थिए । आयोजकहरुले सोही अनुसार प्रचार प्रसार पनि गरेका थिए ।

बिभिन्न मिडिया, सामाजिक सन्जाल र वामिटक्सार सहित मुसिकोटका बिभिन्न स्थानहरुमा प्रधानमन्त्री ओलीको फोटो अंकित पोस्टर, ब्यानर र प्रचार सामाग्रीहरुपनी टाँगिसकिएको थियो । तर सोमबारको उद्घाटन समारोहमा भने फरक दृष्‍य देखियो । पहिले प्रचार गरे जस्तो न प्रधानमन्त्रीले महोत्सवको उद्घाटन गरे न त उनी प्रमुख अतिथी नै हुन आए । कार्यक्रमको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गरे भने प्रमुख अतिथी पनि उनै थिए ।

खासमा पुर्वनिर्धारित कार्यक्रम एकाएक किन परिवर्तन भयो? किन प्रधानमन्त्रीको सट्टा मन्त्रीलाई कार्यक्रम उद्घाटन गर्न लगाईयो ? धेरै जनालाई जिज्ञासा लाग्नु स्वाभाविक नै हो । तर प्रधानमन्त्री कार्यक्रम उद्घाटन गर्न वामिटक्सार आउन नसक्नुको खास कारण भने उनको कार्यब्यस्तता रहेको आयोजकहरुले जानकारी दिएका छन् ।

यसअघी प्रधानमन्त्रीको वामिटक्सार आगमनलाइ लक्षित गरी बिद्यालयसँग जोडिएका सडकहरु ग्राभेलिङ गर्ने कार्य पनि गरिएको थियो । प्रधानमन्त्री रुद्रावती बहुमुखी क्याम्पसको मैदानमा हेलिकप्टर मार्फत अवतरण गर्ने कार्यक्रम थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D