gulminews logo
बिहीबार, २०८१ बैशाख १३

प्रदेश ५ स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा गुल्मी १० औँ, अन्तिमबाट तेस्रो

दयाराज न्यौपाने
पाल्पा, असार ३० । बुधबारदेखि पाल्पामा शुरु भएको प्रदेश ५ स्तरीय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १६ स्वर्ण १४ रजत र ११ कास्य गरि कुल ४१ पदक जित्दै दाङ जिल्लाले रनिङ शिल्डको ट्रफी उचालेको छ भने २ रजत र २ कास्य गरि कुल ४ पदक जित्दै गुल्मीले कुल सहभागी १२ मध्य १० औ स्थानमा चित्त बुझाएको छ ।

१० स्वर्ण ७ रजत र ११ कास्य गरि कुल २८ पदक जित्दै बाँके जिल्ला दोस्रो तथा ८ स्वर्ण ४ रजत गरि कुल १२ पदक जित्दै रोल्पा जिल्ला तेस्रो भएको छ । त्यस्तै ५ स्वर्ण, ३ रजत र ५ कास्य गरि कुल १३ पदक जित्दै रुपन्देही चौथो भएको छ भने ४ स्वर्ण, ८ रजत र ११ कास्य गरी कुल २३ पदक जित्दै बर्दिया पाँचौ हुन सफल भएको छ ।
उता ३ स्वर्ण, ५ रजत र ९ कास्य गरी कुल १७ पदक जित्दै कपिलबस्तु जिल्ला छैठौँ, ३ स्वर्ण ३ रजत र ५ कास्य गरी कुल ११ पदक जित्दै नवलपरासी सातौ र १ स्वर्ण १ रजत र २ कास्य गरी ४ पदक जित्दै पाल्पा आठौँ हुन सफल भएका छन् ।

त्यस्तै २ रजत र ३ कास्य गरी कुल ५ पदक जित्दै पूर्वी रुकुमले नवौ, २ रजत र २ कास्य गरी कुल ४ पदक जित्दै गुल्मी जिल्लाले दशौ, १ रजत र ४ काँस्य गरी कुल ५ पदक जित्दै प्युठानले ११ औ र ३ कास्य पदक जित्दै अर्घाखाचीले १२ औँ स्थानमा चित्त बुझाउन वाध्य भए ।

प्रतियोगितामा ८ जिल्लाले स्वर्ण पदक सहित अन्य पदक हात पार्न सफल भए भने ४ जिल्लाले स्वर्ण पदक बिनै चित्त बुझाउनु पर्‍यो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा कवड्डी महिला/पुरुष, कराँते, तेक्वान्डो, डब्लुटिएएफ उसु, एथलेटिक्स (महिला/पुरुष) दौड प्रतियोगीता अन्तर्गत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ह ४ रिले र ४०० ह ४ रिले लगाएतका खेलमा बर्दीया, बाँके, दाङ, रुकुम पूर्व, प्युठान, कपिलबस्तु, नवलपरासी, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पाका गरी १२ जिल्लाका ११ सय खेलाडीहरुले बिभिन्न बिधामा प्रतिस्पर्धा गरेका थिए ।

शुक्रबार सम्पन्न भएको खेल अन्तर्गत भलिबल पुरुष तर्फ पाल्पा प्रथम, रोल्पा दोस्रो र रुपन्देही तेस्रो भयो । महिलातर्फ रुपन्देही प्रथम, दाङ दोस्रो र पुर्ब रुकुम तेस्रो भए । कपर्दी पुरुष तर्फ नवलपरासी प्रथम, दाङ दोस्रो तथा अर्घाखाँची र रुपन्देही तेस्रो भए । महिलातर्फ नवलपरासी प्रथम, दाङ दोस्रो तथा अर्घाखाँची र बर्दिया तेस्रो भए । एथ्लेटिक्समा दाङ प्रथम, बाँके दोस्रो तथा बर्दिया तेस्रो भयो । यस अघि तेक्वान्दो र उसुमा बांके तथा करातेमा रोल्पा प्रथम भईसकेको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, ५ नम्बर प्रदेशको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रदेश प्रतियोगिताबाट छनौट भएका १०५ जना खेलाडी यहि असार २९ गतेदेखी काठमाडौंमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको छ ।

बिजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले पुरस्कार बितरण गदै खेलकुदले जिवनका हरेक गतीबिधीलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेको कुरामा जोड दिदै प्रतेक खेल बिद्याले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बिश्वास व्यक्त गदै खेलकुदको बिकासमा सबै क्षेत्रको भुमिका अहम रहनु पर्ने बताउनु भएको छ ।

सभामा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती ५ नम्बर प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, पाल्पा नगरपालिकाका प्रमुख अशोक कुमार शाही, खेलकुदका क्षेत्रीय सदस्य चन्द्रमणी गैरे, वसन्त जिआर,पत्रकार महासङ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्ले लगायतले पुरस्कार, प्रमाणपत्र ,पदक तथा ट्रफी प्रदान गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D