gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा रेसुङ्गा क्याम्पस दोस्रो

गुल्मी, ०६ मंसिर । लुम्बिनी प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस दोस्रो भएको छ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कार्यक्रम ‘हेल्लो सासंद’ मा आयोजना गरेको प्रदेशस्तरीय हाजिरिजवाफ प्रतियोगितामा रेसुङ्गा बहुमुखी क्याम्पसले ६० अङ्क ल्याएर दोस्रो स्थान प्राप्त गरेको हो ।

क्याम्पसका तर्फबाट स्नातक चौथो बर्षमा अध्ययनरत हुमाकान्त पोखरेल र लक्ष्मी अर्याल तथा स्नातक तेस्रो बर्षमा अध्ययनरत नारायण भुसालले सहभागिता जनाएका थिए । त्यस्तै समाजशास्त्र शिक्षकबाट सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले सहभागिता जनाएका थिए । प्रतियोगीलाई पहिलो चरणमा ¥यापिड राउण्ड अन्तर्गत १ मिनेटमा अधिक्तम ९ प्रश्न सोधिएको थियो । भने दोस्रो चरणमा लुम्विनी प्रदेशसभाको गठन, राजनितक दलको सहभागिता र अभ्यासका बारेमा एकएक वटा प्रश्न सोधिएको थियो । कार्यक्रममा ७० अङ्क ल्याएर प्युठानको प्युठान क्याम्पस प्रथम तथा ५५ अङ्क ल्याएर कपिलवस्तुको सिद्धार्थ क्याम्पस तेस्रो भएको छ । हाजिरिजवाफमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ तथा प्रमाणपत्र दिइने सीआईएनका म्यानेजर दीपक आचार्यले जानकारी दिए ।

जुममार्फत भएको हाजिरिजवाफ प्रतियोगितामा लुम्विनी प्रदेशका ११ जिल्लाको सहभागिता थियो । प्रतियोगी, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत गरी कार्यम्रममा ९० जनाभन्दा धेरैको सहभागिता थियो । कार्यक्रमको सुरुमा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी तारानाथ दाहालले ‘खुला संसदको अभ्यास र युवाको भूमिका’ का बारेमा विचार राखेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D