gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

प्रथम नौमती बाजा गुल्मी युकेको पहलमा हेमालाई उपचारका लागि आर्थिक सहयोग

काठमाण्डौं, १६ भदौ । प्रथम नौमती बाजा गुल्मी समुह युकेको पहलमा ट्युमर क्यान्सरको उपचार गराइरहेकी हेमा थापालाई १ लाख ४ हजार २ सय रुपैँया आर्थिक सहयोग गरिएको छ । ग्रीनसिटी अस्पताल बसुन्धारामा ब्रेन ट्युमरको अप्रेसन गरिएकी थापाको उपचारका लागि गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युकेका संयोजक ओम थापा काउचाको पहलमा उक्त रकम संकलन गरिएको हो ।

उक्त रकम एनआरएनए नेदरल्याण्डका पूर्वअध्यक्ष तथा रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारका अध्यक्ष रामबाबु नेपालले आसा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीलाई हस्तान्तरण गरेका हुन् । ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन, सामाजिक अभियन्ता विष्णु पन्त, ज्ञानु नेपाल, एनआरएनए नाइजेरियाका कोषाध्यक्ष दीपक रायमाझी, श्याम थापालगायतको उपस्थितिमा उक्त रकमका चेक आइतबार हस्तान्तरण गरिएको हो ।

शरीरको पछिल्लो भागमा ट्युमर बढेर पीडित भएकी गुल्मी चन्द्रकोट गाउँपालिका निवासी तथा हाल आसा अपाङ्ग केन्द्रकी प्रशिक्षक ३६ वर्षीया थापा जन्मदै शरीरको पछाडिको भागमा सानो मासु पलाएको भएपनि पछि बढेर त्यसले ठूलो रुप लिएको थियो । अहिले उक्त ट्युमर अप्रेसन गरेर फ्याकिएको छ । उनको अप्रेसनका लागि ग्रीनसिटी अस्पतालले अप्रेसन खर्च मिनाहा गरिदिएको थियो भने, लायन्स क्लब काठमाण्डौं -गुल्मीले ७५ हजार रुपैयाँ, मोहन रायमाझी चन्द्र निगाहपुरले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको उपाध्यक्ष गंगा रायमाझीले बताइन् ।

सोहि अवसरमा गरिब दुःखीको लागि केही गर्नुपर्छ भन्ने सोँचले अस्पतालले हेमा जस्ता धेरै दिदीबहिनी तथा दाजुभाइको निःशुल्क उपचार गरेको ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनले बताए । अस्पतालले अहिलेसम्म निशुल्क रुपमा १८ भन्दा बढीको मुटुको अप्रेशन गरेको पनि अध्यक्ष टन्डनले संसारन्युजसँग बताए ।

सोहि अवसरमा विरामी हेमाले आफ्नो उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेकी थिइन् । सोहि अवसरमा ज्ञानु–रामबाबु सामाजिक सेवा पुरस्कारका अध्यक्ष रामबाबु नेपालले आफ्नो संस्थाले सामाजिक सेवा गरिरहेका संस्थाहरुको स्थलगत अवलोकन गरेर वर्षमा ३ वटा सामाजिक संस्थालाई पुरस्कार वितरण गर्ने गरेको बताए । उनले उक्त पुरस्कारको राशी समग्रमा ४ लाख रहेको बताएका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D