gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रथम नौमती बाजा गुल्मी यूकेद्वारा भिसी बिजेता थापाको शालिक निर्माणार्थ सहयोग

लण्डन, अगस्त ०५ । प्रथम नौमती बाजा गुल्मी युके समुहद्धारा प्रथम भिक्टोरिया क्रस बिजेता हवल्दार कुलबिर थापा मगरको शालिक निर्माणको लागि १ हजार १० पाउण्ड ९ पेनी सहयोग गरेको छ ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीको बिशेष पहलमा बेलायतको एक सामुहिक ऐतिहासिक प्रोजेक्टको रुपमा बिभिन्न नेपाली समुदायको सहयोगमा शालिक निर्माण गर्न लागीएको छ । उक्त निर्माणको निम्ती प्रथम नौमती बाजा गुल्मी युकेले फानब्रो स्थित रशमोर काउन्सिलको कार्यालयको प्राङ्गणमा सामाजिक दुरी कायम गरी एक कार्यक्रमका विच नगदको चेक हस्तान्तरण गरीएको हो ।

बिभिन्न नेपाली समूदायद्वारा निर्माणाधीन सर्वोच्च सैन्य पदक प्रथम भि सि बिजेता हवल्दार कुलबिर थापामगर को शालिक निर्माण कार्यमा ऐक्यबद्धता जनाउदै आफ्नो समुहले संकलन गरेको रकÞम हस्तान्तरण गरेकोमा अभियान सञ्चालक संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले आभार ब्यक्त गरेको छ।

समुहका प्रमुख सयोजक ओम थापा काउचा नमा, सयोजक बिर बलाल, गुल्मी जिल्ला समाज युके अध्यक्ष तथा समुहका पुर्व सयोजक टोप पल्ली ,सक्रिय सदस्य बिन भुजेल, सक्रिय सदस्य कुमार राना, महिला सक्रिय सदस्य हरू पार्वती थापा काउचा, श्रीमती जमुना राना पुन लगायतको उपस्थितीमा उक्त संकलित रकÞमको चेक कम्युनिटीका अध्यक्ष रामधन राइ तथा प्रोजेक्ट संयोजक मेजर खिम गौचनलाई हस्तान्तरण गरिएको थियो ।

सोही समुह का प्रमुख सयोजक तथा गुल्मी जिल्ला समाजका सस्थापक अध्यक्ष काउचा यस ऐतिहासिक प्रोजेक्टको सुरुवात देखीनै खटिदै आएका छन् । निर्माण अभियान सञ्चालन गरिरहेको संस्थाका पुर्व अध्यक्ष समेत रहेका काउचाले नै २०१५ सालमा शालिक निर्माण गर्ने नेतृत्व लिएका थिए । सोही नेतृत्वको सफलता स्वरुप हाल उक्त शालिक निर्माण हुन लागेको हो ।

रकम ग्रह गरेपछि बोल्दै कम्युनिटीका अध्यक्ष रामधन राईले नेपालीको ऐतिहासिक परम्परा र संस्कृतिको रक्षा गर्न तथा परम्पराको परिचय गराउनको निम्ती प्रथम नौमती बाजा समुहले विशेष भुमिका निभाएको भन्दै आफुहरुको अभियानमा साथ दिएकोमा धन्यवाद दिए ।

परियोजनाका संयोजक मेजर खिम गौचनले उक्त अवसरमा शालिक निर्माणको निम्ती हालसम्म भएको प्रगती विवरण र भावी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तत गरेका थिए । आफुहरुले प्रतिबद्धता जनाए भन्दा पनि अझ बढी काम गरेर देखाउने भन्दै उनले शालिक निर्माणको निम्ती सकारात्मक सल्लाह सुझाव दिन पनि सबैलाइ आग्रह गरे ।

उनले आउने २०२१ को २५ सेप्टेम्वरमा उक्त शालिकको अनावरण गरिने समेत जानकारी दिए ।
सहयोगी संस्था नौमती समुहका सयोजक थापाले बोल्दै कोरोनाको कारण विश्व नै आतंकित भएको अवस्थामा पनि यस किसीमको अभियान सञ्चालन गर्नु खुशीको कुरा भएको बताए । यसैगरी गुल्मी जिल्ला समाज युकेका महासचिव वीर बलालले अभियानको सफलताको कामना गर्दै केही समयमै आफ्नो संस्थाको तर्फबाट १ हजार १ सय ११ पाउण्ड सहयोग गर्न लागीएको समेत जानकारी गराए ।

प्रथम नौमती बाजा गुल्मी युके समुह ठिक एक दशक अघि १० अप्रिल २०१० को दिन गुल्मी जिल्ला समाज युकेको दोस्रो अधिवेशनको अवसर पारी लण्डन स्थित नेपाली दुतावासको रोहवरमा गठन गरिएको थियो । उक्त अवसरमा कार्यवाहक राजदुत झविन्द्र अर्याल समेत सहभागी थिए ।

यस संस्थाले वेलायत संगै युरोपका विभिन्न ठाँउहरुमा पुगी नेपाली कला र संस्कृतिको पहिचान बढाउँदै गएको छ । विवाह व्रतबन्ध जस्ता कार्यक्रममा समेत यस संस्थाले भुमिका निर्वाह गर्दै आएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D