पोल्याण्डमा ज्यान गुमाएका न्यौपानेको परिवारलाई आर्थिक सहयोग

गुल्मी, भदौ ११ । पोल्याण्डमा ज्यान गुमाएका गुल्मीका एक युवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । झन्डै डेढ महिना अगाडि पोल्याण्डमा उपचारको क्रममा अस्पातलमा मृत्‍यु भएका ३१ बर्षिय न्यौपानेको नेपालमा रहेका परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

गुल्मी समाज पोल्याण्डको पहलमा संकलित १ लाख ५७ हजार रुपैँया न्यौपानेकी श्रीमती राधिका न्यौपानेलाई हस्तान्तरण गरिएको हो । गत सोमबार एक कार्यक्रम बिच गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष चेतनारायण अर्याल मार्फत एक १ लाख ५७ हजार रुपैँयाको चेक हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

समाजको पहलमा पोल्यान्डबासी नेपालीहरु लगायत विभिन्न ठाउँका नेपालीहरु मार्फत उक्त रकम संकलन गरिएको हो ।न्यौपाने केही बर्षदेखि पोल्यान्डको क्राको शहरमा रहेको एक रेस्टुरेन्टमा काम गर्दै आएका थिए।

गुल्मी घर भएका न्यौपानेको आमा, श्रीमती र ५ बर्षकी छोरी रहेको बताइएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D