पोल्याण्डमा कार्यरत गुल्मेलीहरुद्वारा रुपाकोटका मृगौला पिडितलाई सहयोग

प्रेम सुनार
गुल्मी, फागुन २८ । गत दुई बर्ष देखि दुबै मृगौला फेल भई जिवन मरणको दोसाँधमा रहेका गुल्मी रुपाकोटका २८ बर्षिय गोपालबहादुर बिकको उपचार्थ पोल्याण्डमा कार्यरत सहयोग रकम पठाएका छन । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ , रुपाकोट, निस्फुक डाँडा निवासी बिक भारतको रोजगारीमा छँदा बिरामी परी ३ बर्ष अघि घर फर्किएका थिए । फर्के लगत्तै स्वास्थ्य परिक्षण गर्दा उनको दुबै मृगौला फेल भएको पत्ता लागेको थियो । उनलाई पोल्याण्डमा क्रियाशिल गुल्मी समाज पोल्यण्डले नेपाली ४९ हजार ५ सय ५५ रुपैयाँ पठाएका हुन ।

उक्त रकम त्यस वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद भण्डारी मार्फत पोल्याण्डबाट आँपचौर स्थित घरका समाजका सदस्य विष्णु सुनारले हस्तान्तरण गरेका हुन । बिक परिवार आर्थिक रुपमा एकदमै कमजोर रहेकोले थोरै भए पनि सहयोग गर्न सके केहि राहत हुने थियो र अरुले पनि यसरी नै सहयोग गरुँन भन्ने उद्देश्य लिएर उक्त रकम पठाएको समाजका अध्यक्ष प्रकाश तिवारीले बताए ।

आँपचौर निवासी अध्यक्ष तिवारीले १ सय जोल्टी, समाजका सल्लाहकार अर्लाङ्गकोटका रामचन्द्र न्यौपानेले एक सय जोल्टी, कोषाध्यक्ष रुपाकोटका विष्णुप्रसाद भण्डारी सय रुपैयाँ जोल्टी, सदस्य अर्लाङ्गकोट निवासी नुमनाथ न्यौपानेले ५० जोल्टी, आँपचौरका पर्शुराम खरेलले ५० जोल्टी र जोहाङ्गका मुकुन्द भट्टराई जोल्टी सहयोग गरेका थिए ।

त्यस्तै रुपाकोटका काँशीराम भण्डारी ५० जोल्टी, सोही स्थानका सागर भण्डारीले ५०, जोल्टी संस्थाको तर्फबाट एक हजार जलौटी प्रदान गरि सटही गर्दा नेपाली रुपैयाँ ४९ हजार ५ सय ५५ भई हस्तान्तरण गरिएको हो । सहयोगदाता संस्था र ब्यक्तिहरुलाई वडाध्यक्ष भण्डारीले धन्यवाद दिँदै अन्य स्थानबाट पनि यसरी नै सहयोग गर्न आग्रह गरे ।

श्रीमानलाई बचाउन श्रीमती अस्पतालको कपडा धुदै

यसै विच श्रीमानलाई डाइलासिस गराउने कुनै उपाय नभए पछि बिककी श्रीमति सुनिता बिक गत तीत बर्ष देखि बुटवलको आम्दा अस्पतालमा कपडा धुने लगायतको सुईपर काम गर्दै आएकी छन । ‘मेरो उपाय केहि भएन , –उनले गहभरी आँशु पार्दै भनिन –‘एक सन्तान हुर्काउन र श्रीमानलाई हप्ताको तीन पटट डाईलासिस गर्न आर्थिक् अभाव भए पछि उहाँलाई अस्पतालमा डाईलासिस गराउँदै मैले अस्पतालमा सुईपरको काम गर्दै आएकी छु । ’

सबैसंग श्रीमानको जिवन रक्षाका लागि सहयोगको हात फैलाएकी छन । उनलाई सहयोग गर्न चाहनु हुने महानुभावले उनको मोवाईल नम्वर ९८११५४१२०९४ मा सम्पर्क राख्न सक्नु हुने छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D