gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पुर्व मन्त्री बिष्टद्धारा हेलिकप्टर मार्फत घाइतेको उद्धार

टोपलाल अर्याल
आषाढ १९, गुल्मी । पुर्व मन्त्री गोकर्ण बिष्टले इस्मा गाउँपालिका १ हस्तिचौरमा पहिरोका कारण घाइते ५ जनाको हेलिकप्टर मार्फत उद्धार गरेर काठमाण्डौ लगेका छन् । बिष्ट शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत घटना स्थलमा पुगेका थिए । गम्भिर घाइते इश्वरा खत्री र सृजना सारु तथा टीका खत्री, पुतला खत्री र बसन्त सारुलाई थप उपचारको लागि काठमाण्ठौ लगिएको हो ।

घटना स्थलबाट फर्केर नेपाली सेनाको बिरभद्रजंग गुल्ममा जिल्लाका सरोकारवाला र संचारकर्मीसंग कुरा गर्दै बिष्टले गाउँमा पहिरोले मानवीयसंगै भौतिक रुपमा ठुलो क्षति पुराएकाले बिस्थापित र जोखिममा परेका परिवारको उद्धार, राहत तथा व्यावस्थापनमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए । जिल्ला बिपद् व्यावस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी गुल्मीले हेलिकप्टर मार्फत खाद्य सामग्री र त्रिपाल तथा कम्बल घटना स्थलमा पुराइएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

६ क्विन्टल चामल, सय किलो दाल, ५० किलो नुन, ५० लिटर तेल, ५० किलो चिनी, १५ थान कम्बल, १५ थान त्रिपाल र पाँच सेट भाँडा घटना स्थल पुराइएको शर्माले जानकारी दिए

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D