gulminews logo
शनिबार, २०८१ बैशाख १५

पुराना गाडीले बढ्दै दुर्घटना, यस्तो छ गुल्मीमा सडक दुर्घटना सम्बन्धी डरलाग्दो तथ्यांक

हुमाकान्त पोखरेल
गुल्मी, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिबी थापा स्वर्गद्धारी घुम्ने सपना देख्दै नयाँ बर्षकै दिन वैशाख १ गते बिहान करिब ४ बजे गाडीमा चढे । तर उनी स्वर्गद्धारी मन्दिरसम्म पुग्न पाएनन् । बीचमै गाडी दुर्घटना भयो । दुर्घटनामा परी पाचँजना सहकर्मीहरुलाई गुमाए । उनको ढाडको करङ भाचिँयो । गाडी स्वर्गद्धारीनजिकै पुग्दा बसलाई ओभरट्याग गर्दा सडकबाट तल पल्टेको थियो । लु १ ज १६५५ नम्बरको जिपको अवस्था नै ठिक थिएन । सात मोडलको १३ बर्षअघि निकालेको उक्त जिप आफैमा पुरानो भइसकेको थियो । ‘उक्त गाडीमा जाने÷नजाने भन्नेमै विवाद थियो, नभन्दैै बाटोमा चार पटक गाडी बनाएको हो ।’ उनले भने, ‘तर स्वर्गद्धारी पुग्नै पाइएन, साथिहरुलाई गुमाउदा दुःख लागेको छ ।’ जीपमा आवश्यक पाचँओटा नटमध्ये दुईवटा नट नै नभएको र बाँकी तीनओटा नट पनि भरपर्दो नभएकोले दुर्घटना भएको उनले बताए ।

०७७ मंसिर १८ गते गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपुजामा जानको लागि हिडेको जीप बाग्लुङको भिमगिठेमा दुर्घटना भयो । जीप १२ सिट क्षमताको हो । तर २६ जना सवार थिए । जसमध्ये आठ जनालाई खरमा रहेको प्रहरीले ओरालेको थियो । दुर्घटनामा १६ जनाको मृत्यु भयो । लु १ ज ५२१९ नम्बरको उक्त जीप १३ बर्ष पुरानो हो । उक्त जीप त्यसभन्दा पहिले पाल्पाको केराबारी लगायतका स्थानमा गरी तीनपटक सम्म दुर्घटनामा परेको थियो । पहिले दुर्घटना हुँदा नै जीपको अधिकाशं भाग बिग्रिएको र राम्रो मर्मत नभएकोले दुर्घटना भएको सोही जीपका घाइते (हाल उपचारपछि निको भएका) जिवन कार्कीले बताए । ‘यसभन्दा पहिले पनि तीनपटक दुर्घटना भएको रहेछ, हामी चौथो पटकको दुर्घटनामा प¥यौ ।’ उनले भने, ‘मैले यो गाडीमा नजाम भनेको थिए, तर सबै दाजुभाईको आग्रहमा यात्रा गरियो ।’ जीपमा सवार आफ्नै हजुरआमासहित सबै छिमेकी गुमाउनुपर्दा धेरै पीडा भएको र हालसम्म पनि गाडीमा चढ्न डर लाग्ने उनी बताउछन् । ‘सिट नभएर जीपको पछाडी हजुरबुवाको खुट्टामा बसेको थिए, त्यसपछि के भयो ? केही थाहा भएन ।’ उनले भने, ‘तीनदिनपछि एक्कासी काठमाडौ अस्पतालमा पुगेको थाहा पाउदा झसङ्ग भए ।’

गत बर्षको मंसिर १२ गते हिान ७ ः२० को समयमा इस्मा गाउँपालिका –४ दोहोलीबाट तम्घास जाने क्रममा हुलमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भयो । तीन मोडलको उक्त जीप १९ बर्ष पुरानो हो । पुनारो भएकोले जीपको कन्डिसन ठिक थिएन । जीपका अधिकाशं पाठपुर्जा खराब थिए भने उकालोमा कम तान्थ्यो । १२ सिट क्षमताको जीपमा नौ जनामात्र सवार रहेपनि पाचँ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत बर्षको पौष महिनामा तम्घासबाट रेसुङ्गा नगरपालिकाको पराल्मीतर्फ जाँदै गरेको सफारी जीप पराल्मीमा साझँ साढे ६ बजे दुर्घटना भयो । लु १ ज १९८८ नम्बरको जीप तीन मोडलको हो । १९ बर्षको पुरानो जीपको धेरै मर्मत पनि थिएन् । त्यसैले गर्दा ओरालो र चिफ्लो बाटोमा जीप दुर्घटनामा प¥यो । पुरानो जीप भएकै कारण तीन जनाले अल्पायुमै ज्यान गुमाए भने चारजना गम्भिर घाइते भए ।

७६ दुर्घटना, ५३ को मृत्यु

माथि उल्लेखित त केही उदाहरण मात्र हुन् । जिल्लामा र जिल्लाबाट छुटेका अधिकाशं पुराना गाडीहरु दुर्घटनामा परेका छन् । प्रायजसो कच्ची सडकमा चल्ने अधिकाशं गाडीहरु १२÷१३ बर्षदेखि २१ बर्षसम्मका छन् । जसका कारण जिल्लामा दुर्घटनाको तथ्याङ्क डरलाग्दो छ । जिल्लाभित्र आ.व. ०७५÷७६ देखि चालु आर्थिक बर्षको चैत महिनासम्म ७६ दुर्घटना भए । जसमा ५३ जनाले अकालमा ज्यान गुमाए । ९० जना गम्भिर घाइते भए भने ७८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद आचार्यले जनकारी दिए । उक्त रेकर्ड जिल्लाभित्र दुर्घटना भएकाको मात्रै हो । जिल्लाबाट छुटेका तर अन्य जिल्लामा दुर्घटनामा परेकाको रेकर्ड भने उक्त तथ्याङ्कमा समावेश छैन ।

राज्य संवेदनशिल भएन

नेपाल नागरिक समाज गुल्मीका अध्यक्ष गुणनिधी शर्माले जिल्लामा चल्ने अधिकाशं सार्वजनिक यातायातको अवस्था नै ठिक नभएको बताए । त्यसैमाथि चालकलाई प्रशिक्षणको कमी, कच्ची र ग्रेडिङ नमिलेका सडक, गाडीहरुको जाचँपास नहुनु लगायतका कारणले गर्दा जोखिम बढिरहेको शर्माको भनाई छ । गाडी धनीहरुले समयमै गाडीको मर्मत नगर्दा त्यसको मारमा गाडी चालक र यात्रु पर्ने गरेको तर राज्य संवेदनशिल नभएको उनले आरोप लगाए ।
स्वर्गद्धारीमा दुर्घटना भएको जीपका धनी महेशराज भण्डारीले जीपको अवस्था ठिक भएको र गाडी जबरजस्त ओभरट्याग गर्दा दुर्घटना भएको दाबी गरे । आफुले गाडी सधै मर्मत गर्ने सोही गाडीमा नै नेपालगञ्जसम्म जाने योजना रहेको उनले सुनाए । ‘कहिलेकाहीँ त हामी पनि बिरामी हुन्छौ ।’ उनले भने, ‘हिड्नुभन्दा अगाडी यात्रुले पनि ख्याल गर्नुपर्छ ।’ दुर्घटना भइसकेपछि मानिसले अनेकथरी ढङ्गले विश्लेशष गर्दा मन दुखेको उनले बताए ।

ऐनविपरित सवारी चलाउछौं

गुल्मी यातायात व्यवसायी संघका अध्यक्ष रुपक श्रेष्ठले नेपालमा नियमविपरित गाडी गुडाउने कारणले गर्दा दुर्घटना बढेको प्रतिक्रिया दिए । कुन बाटोमा कस्तो गाडी गुडाउने ? भन्ने सम्बन्धमा ऐन एकातर्फ भएपनि जिल्लाको सन्दर्भमा प्रशासन र राजनीतिक दलहरुसँगको समन्वयमा जोखिम मोलेर सवारी चलाएको उनले बताए । त्यसका साथै ग्रेड नमिलेको बाटो, चालकको अपरिपक्वता, सवारी मर्मतको कमी लगायतका कारण पनि दुर्घटना बढेको उनको भनाई छ । जिल्लामा अझै पनि १÷२ मोडलका गाडी ८ देखि १० वटासम्म रहेको श्रेष्टले जानकारी दिए ।

राज्यसँग सवारीको तथ्याङ्क नै छैन

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उद्धव पन्थीले जिल्लामा चल्ने सवारीहरुको प्रशानसँग तथ्याङ्क नभएको बताए । प्रशासनमा सरकारी कार्यालयहरुसँग भएको सवारीको मात्रै विवरण रहेको भन्दै निजी सवारीहरुको विवरण सम्बन्धित यातायात व्यवसायीको कार्यालयमा हुने प्रतिक्रिया दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुर्घटना न्यूनिकरको लागि सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने प्रतिक्रिया दिइन् । यातायातको कार्यालय बुटबलमा रहेको र दुर्घटनासम्बन्धि समिक्षा बैठक राख्न धेरै प्रयास गरेपनि आफु सफल नभएको उनको भनाई छ । प्रशासनको तर्फबाट अनुगमन गर्ने लगायतका काममा केही कमी नभएको समेत उनले दाबी गरिन् । अब छिट्टै अर्को बैठक राखेर पुराना गाडीहरुको बिषयमा पनि छलफल गर्ने उनले बताइन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D