प्रेम सुनार
बुटवल , भदौ ३० । ईतिहास मै पहिलो पटक गए राति ११ बजे देखि बाग्लुङ्ग र गुल्मीको सिमानामा रहेको बढिघाट खोला थुनिएर ताल बनेको छ । बडिघाट गाउँपालिका तुरतुरेको पाहडबाट गएको पहिरोले बडिघाट खोला पुरेर ताल बनेको हो । उक्त कुरा जानकारी पाई बाग्लुङ्गका प्रमुख जिल्ला आधिकारी वेदप्रसाद खरेल , नेपाली सेनाका कर्णेल , जिल्ला प्रहरी प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखहरु गए राती नै घटना स्थलमा पुगेका थिए । मध्येरात मै प्रजिअ खरेलले फोनमा भने–‘ हामी घटना स्थलमा जाँदैछौ, ताल फुटेर तल खोला किनारबाट वासीन्दालाई सुरक्षित स्थानमा जान मिडियाबाट सचेत गराई दिनु प¥यो ।घटना स्थलमा पुगेका सहकर्मी दिनेश शर्मासंग सम्पर्क राख्दा अहिले विहान एउटा खोंचबाट पानी बग्न सुरु गरेको बताए । उनले यहि तरीकाले विस्तारै ताल फुटेमा जोखिम नहुने बताएका छन । ताल माथी जलमग्न भएको , केहि गाईहरु डुबेको भए पनि मानविय क्षतिबारे जानकारी नआएको जानकारी दिए ।
यता गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पनि आफुहरु उक्त खबर प्राप्त भए देखि सम्पुर्ण सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेर बढिघाट खोला किनारका बासीन्दालाई सुरक्षित स्थानमा लैजान सुरक्षाकमी खटाईएको जानकारी दिए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले राती देखि नै सामाजिक सञ्जालमा सावाधानीका लागि सु–सुचित गरी रहेका छन । काठमाण्डौबाट काग्रेस नेता चन्द्र भण्डारी भन्छन म पनि उक्त खबर पाए देखि सामाजिक सञ्जाल मै छु । भुवाचिदीका रबिलाल पौड्याल र बाग्लुङ्गका मौसम केसीले रातैभर पलपलमा गराएको जानकारी प्रति म धन्यबाद दिन चाहन्छु । २०४० को दशक सम्म यता निस्तेखोला पनि पौदीअमराईको बाङ्गेको फुर्से पहिरोले थुनिएर करिब एक दशक सम्म सुन्दरताल बनेको थियो ।