पहिरोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

प्रेम सुनार
गुल्मी, असार १२ । गएराती पहिरोले पुरेर छिमिकी जिल्ला बाग्लुङ्गमा एकै परिवारका तिन जनाको दुखद निधन भएको छ । अबिरल वर्षाका कारण माथीबाट आएको पहिरोले घर पुुरेर बरेङ गाउपलिका १ धुल्लुबास्कोट नजिकै लुरुङ भन्ने स्थानका ४० वर्षका विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती वर्ष ३५ की विष्णु क्षेत्री र काखमा रहेकी ३ महिनाकी सोनीया क्षेत्रीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विश्वराज सिहं थापाका अनुसार गाउ माथि चुत्रेनी बनबाट झरेको पहिरोले पुरिदा उनिहरुको ज्यान गएको जानकारी दिए । स्थानियको अनुसार राति साढे एक बजेको समयमा ठुलो आवाज आएको र पहिरोले उक्त घटना भएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए ।

प्रहरीले मृतकहरुको शव झिकी पोष्टमार्टमको लागी लैजाने तयारीमा रहेको स्थानीयले बताएका छन् । प्रजिअ खरेलले घटनाको स्थलगत अध्यान गर्न पुगेको जनाइएको छ ।यसै विच भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D