gulminews logo
बिहीबार, २०८० चैत्र १५

परदेशबाट फर्किएर गाउँमै भैसी पालन: दुध-घ्यु देखी सुकुटी सम्म बेचेर ६ लाख रुपैँया आम्दानी

टोपलाल अर्याल
गुल्मी, १९ फागुन । गुल्मीको सत्यवति गाउँपालिका ८ भार्सेका तीन युवा । कुम बहादुर राना, नन्दु र निर्मल बुढाथोकी । क्रमश ५४, ४८ र ३६ बर्षका भए । अचेल बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म उनीहरुलाई बोल्ने कुनै फुर्सद छैन् । दिनभर तीन पटक गोवर पाल्ने, भैसी दुहुने, दुध तताउने, महि पार्ने, घिउ र दुध बोकेर गाउँ पुग्ने । त्यो मात्रै नभएर भैसीलाई घाँस पानी, कुँडो र वनको काम फुर्सद हुने कुरै भएन ।

यो पनि पढ्नुस्: गाउँमै पालेको एउटै बोका १६५ किलोको, ३ वटा बाख्रा पालेर साढे दुई लाख आम्दानी

परदेशबाट फर्किएका तीन जना युवाले भार्सेमा लामाचौरमा भैसी र्फाम संचालन गरेका छन् । २०७२ सालबाट संचालन भएको फर्ममा अहिले ७२ वटा भैसी र पाडापाडी रहेका छन् । अहिलेसम्म थाप्ले–लामाचौर लिमी पारकोटे भैसी फार्म मार्फत आफुहरुले करिव ३३ लाख खर्च गरेको संचालक कुम बहादुर रानाले बताए । कुम बहादु २३ महिना कतार बसेर फर्किए । निर्मलले २ बर्ष मलेसिया र केहि समय कतारमा काम गरे । भने नन्दु पनि २ बर्ष कतारमा काम गरेर गाउँमै केहि गर्ने अठोट बोकर स्वदेश फर्किए ।

हिँडेरै घरघरमै सेवा
तीन जना मध्ये दुई जना फार्ममा बस्छन् । प्रत्येक दिन एक जना गाउँ पुग्ने नियम छ । उनीहरुले बिहानको दुध बेच्दैनन् । त्यो घिउको लागि हो । साँझमा दैनिक १८ देखि २० माना दुध हुन्छ । डेढ दुई माना घिउ । माग भएको घरमा आफैले बोकेर पुग्छन् । सो व्यक्ति सोहि दिन आफ्नै घरमा बस्न पाउँछन् । भने अर्को दिन घरघरमा छोडेका भाँडा उठाउँदै फर्म पुग्ने नियम बनाएका छन् ।

गाउँमा माना चल्छ । एक माना दुघको ५० रुपैयाँ मुल्य पर्छ । एक माना घिउ ६ सय रुपैयाँमा बिक्री भइरहेको संचालन निर्मल बुढाथोकी बताए । दुघबाट मात्रै मासिक ३० हजार र घिउबाट १८ देखि २० हजार आम्दानी हुने गरेको बुढाथोकीले बताए । दुध जन्य उत्पादनहरु, मासु, जिउँदा भैँसी पाडा र मल लगायतका उत्पादनहरुबाट उनिहरुले वार्षिक कम्तिमा ६ लाख रुपैँया आम्दानी गरिरहेको बताए ।

लैना भैसीदेखि सुकुटीसम्म बिक्री
थाप्ले लामाचौर भैसी फार्मबाट दुघ, घिउ, पाडा, लैना भैसीदेखि सुकुटी समेत बिक्री हुने गरेको छ । फर्ममा ७२ वटा भैसी छन् । ती मध्ये ५० भन्दा बढि भैसी २४ घण्टा नै जंगल बस्छन् । दुघ दिने १०-१५ वटा भैसी मात्रै गोठमा ल्याउने र जंगल लैजाने गरिएको संचालन नन्दु बुढाथोकीले बताए । जंगल भएकाहरुको घाँस पानीमा कुनै समस्या हुँदैन । जंगलमा भएका १५ एउटा भैसी व्याउने छन् । लैनो भैसीको मुल्य ५० हजार हो । प्राय जेठदेखि असार–साउन बढि भैसी व्याउँछन् । उनले गत बर्ष पाँच वटा लैनो भैसी बेचिएको बताए । त्यो संगै पाडाहरु पनि बेच्ने गरिएको बुढाथोकीले बताए ।

एक बर्षको पाडाको मुल्य २० हजार छ । उनले नव्याउने र उल्टिरहने समस्या भएका भैसीहरुलाई पशु प्राविधिक मार्फत परिक्षण गरेर काट्ने र सुकुटी बनाएर बेच्ने गरिएको बताए । सुकुटीको मुल्य प्रति केजी दुई हजार रहको छ । त्यस्तै उनीहरुले भैसीको मल समेत एक ट्याक्टरको पन्ध्र सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । अब त्यहि मलको प्रयोग गरेर विभिन्न प्रकारका तरकारी खेती गर्ने सोँच बनाएको बुढाथोकीले बताए ।

बाघको चुनौति खेप्दै
उनीहरुले लिमी पारकोट जातको भैसी पालेका छन् । त्यो भैसी प्राय लेखमै बस्न रुचाउँछ । त्यसैले पनि अधिकांश जंगलमै छोडिएको छ । उनीहरुलाई दाना, पानी र अरु व्यावस्थान गर्नु पर्दैन । चिसोमा भएका कारण रोग पनि लाग्दैन् । तर बाघले दुख दिने गरेको छ ।

भर्खर व्याएका पाडापाडी, सुत्केरी भैसी र व्याउने समय भएका भैसीहरुलाई बाघले आक्रमण गर्ने गरेको निर्मल बुढाथोकीले बताए । अहिलेसम्म १०÷११ वटा भैसी र पाडापाडी आक्रमण गरि मारेको उनले बताए । एक समुहमा २२ वटा भैसी रहेका छन् । उनीहरुलाई समुह–समुह बनाएर जंगल छोडिएको छ । चर्दै धेरै टाढासम्म पुग्ने भएकाले आफुहरुको दैनिक निगरानी नभएको बुढाथोकीले बताए ।

थप लगानी गर्न उत्साहित
भैसी फर्मको अझै १० लाख ऋण छ । तर तीन जना नै उत्साहित छन् । बरु थप लगानीको गरिरहेका छन् । अहिले बुंगुर पालन शुरु भएको छ । त्योसंगै व्यवस्थित रुपमा लोकल कुखुरा पाल्ने योजना रहेको कुम बहादुर रानाले बताए । उनका अनुसार वडादेखि गाउँपालिका स्तरबाट पनि सहयोग मिलेको छ ।

जसका कारण अर्को व्यवस्थित गोठ निर्माणको योजना आफुहरुको रहेको रानाले जानकारी दिए । उनले आफुहरुको धेरै योजना र चाहाना भएपनि छोराहरुले नगर्ने र गाउँमा कामदार समेत नपाइने भएकाले समस्या भएको बताए । ‘मलाई कामले बोल्ने फुर्सद छैन, छोरो बिदेश जान्छु भन्छ,’ उनले भने, ‘छ सय तिरेर कामदार ल्याउँछौ, त्यहि पनि प्रयाप्त पाइदैन ।’ आफुलाई काम गर्दा बार र गते समेतको हेक्का नहुने रानाले बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D