ओम थापा काउचा
बेलायत, जेठ ७ । पत्रकार महासंघ बेलायतमा नरेश खपाङ्गी मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको १९ मईका दिन सम्पन्न चौथो अधिबेशनले समितिको वरिष्ठ उपध्यक्षद्धयमा श्याम लुइटेल, ध्रुवराज अर्याल, उपाध्यक्षहरुमा दिनेश परियार, लीलामान शेरपुन्जा र बिमला सेने, महासचिवमा सञ्जयभक्त कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिबत्रयमा शिव भण्डारी, पूर्ण गुरुङ, जगन्नाथ कार्की, कोषाध्यक्षमा सिद्धार्थ विक्रम क्षेत्री, सहकोषाध्यक्षद्धयमा रोशन राई र बिनोद निर्वाचित भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, नरेश काङ्बाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट निर्वाचित भएका छन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष तथा अतिथि गोविन्द आचार्यले आलोचनात्मक चेत सहितको पत्रकारिता अहिलेको आवश्यकता भएको बताए । उनले लोकतन्त्रमाथिको खतराबाट मुलुकलाई जोगाउनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै स्वतन्त्र भएर कलम चलाउनुपर्नेमा जोड दिए । अध्यक्ष आचार्यले बेलायतको पत्रकारिताबाट सिक्दै शाखाले नेपालको पत्रकारितामा योगदान दिनुपर्ने बताए ।
यस्तै महासचिव रमेश विष्टले बेलायतमा रहेका पत्रकारहरुलाई देश, विदेश र समाजमा रहेका विकृति र विसंगति विरुद्ध कलम चलाउन आग्रह गर्दै पत्रकारहरूको हक अधिकार र सुरक्षा, आत्मनिर्भर र पेसागत पत्रकारीताको सुरक्षा, नया संरचनाअनुरूप केन्द्र लागीपरेको बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरणले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै बेलायतको पत्रकारिताले नेपाल, बेलायत र दूतावासबीच पुलको काम गरिरहेको चर्चा गरे ।
सोहि अवसरमा अधिवेशनमा आमन्त्रित अथितीहरू गैरआवासीय संघ बेलायतका अध्यक्ष योगकुमार फगामी, केन्द्रिय उपाअध्यक्ष कुल आचार्य, आदिवाशी जनजाती महासंघ बेलायत साखाका उपाध्यक्ष नरेश कामवाड्ग लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सोहि अवसरमा संस्थाका बरिष्ठ उपाध्यक्ष धुर्व अर्यालले प्रधानमन्त्री केपी ओलीबाट पठाईएको शुभकामना सन्देश बाचन गरेका थिए ।
त्यस्तैै अधिवशनको निर्वाचन मन्डलको प्रमुखको भूमिकामा बिजय थापा रहेका थिए भने निर्वाचन सर्वसहमत बाट सम्पन भएको थियो ।
त्यसैगरी नवनिर्वाचिन खपाङ्गी मगरले आफूसँग विगतको अनुभव भएकाले नयाँ कार्यसमितिले सबैलाई मिलाएर लैजाने विश्वास लिएको बताउँदै संगठन एकताबद्ध भएर अगाडि बढ्नेमा ढुक्क रहेको बताए । मगरले नेपाल र नेपाली समाजका लागि ढुक्क भएर कलम चलाउन, नेपाल–बेलायत सम्बन्धलाई दिगो बनाउदै लैजाने तथा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउदै नेपालको आर्थिक समृद्धिमा सहयोग पु¥याउन भूमिका खेल्ने बताउँदै आफूलाई पुन : एकपटक योग्य ठानेर जिम्मेवारी दिएको भन्दै सबै पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।
वरिष्ठ संचारकर्मीहरु सम्मानित
पत्रकार महासंघ बेलायतले बेलायतमा बसेर पत्रकारिताको क्षेत्रबाट नेपाल र नेपाली समाजमा विशिष्ठ योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
बीएफबीएस गुरुङ रेडियोका पूर्व महाप्रबन्धक खेम बहादुर गुरुङ, शेर्पा रेडियो कम्युनिटी रेडियो बिजी डब्लु एसका निर्देशक रिटायर्ड मेजर सोनाम छिरीङ शेर्पा, विविसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, गोर्खा सैनिक आवाजका संस्थापक सम्पादक डा सि.बि गुरुङ, विविसी नेपाली सेवाका संस्थापक प्रस्तोता पुरण अग्रवाललाइ सम्मानित भएका थिए ।
स्मरण रहोस् बि.बि.सी नेपाली सेवाको ईतीहास सबै नेपालीलाई अवगत भएको कुरो हो । यसका संस्थापक पुरन अग्रवाल र खगेन्द्र नेपाली सम्मानित भएका थिए भने BFBS Gurkha Radio अती चर्चित मात्र नभएर बिषेष त बिदेशमा बसोबास गर्ने नेपालीको मनमुटुमा बस्न सफल भएको रेडियो कार्यक्रम हो । यसको स्थापना बिषेसत ब्रिगेड अफ गोर्खाका कार्यरत बिट्रिश गोर्खा सैनीकहरूको निम्ती भएको हो भने यसका निबर्तमान प्रमुख प्रबन्धक हुन खेम गरूङ ।
यस्तै अवकाश प्राप्त भुपू गोर्खाहरूको संस्था बिट्रिश गोर्खा वेयलफेयर सोसाइटी BGWS का सदस्यहरूको सक्रियतामा स्थापना भएको तथा युरोपमै पहिलो कम्युनिटी रेडियो बिजिडब्लुएस् हो । यसमा स्थापनाकालदेखी बर्तमानसम्म सेवा पु¥याउँदै आएका प्रमुख प्रबन्धक मेजर रिटायर सोनाम छिरीड्ग सेर्पाको नेतृत्वमा रहेको यस रेडीयोले स्थानीयबासी नेपाली कम्युनिटी साथै अन्य कम्युनिटीलाई सन्चार माध्यमको क्षेत्रबाट ठूलो टेवा पु¥याउदै आएको छ । साथै डा. सि बी गुरूङ गोर्खा सैनीकको आवाजÞका सम्पादक थिए तर त्यसका हाल कार्यक्रम बन्द भएको छ ।