gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित

कौरव खत्री
बागलुङ, ३ माघ । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरक्रिया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान पत्र, मायाको चिनो उपहार र खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ ।

एक महिने जापान भ्रमणको शिलसिलामा जापान पुगेका अध्यक्ष थापालाई जापानको राजधानी टोकियोमा सामाजिक संस्था मार्फत समृद्व समाज निर्माण अभियान अन्तर्गत समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्दै सम्मान गरिएको हो । त्यस्तै सोही अवसरमा संस्थाका केन्द्रीय उपाध्यक्ष तथा पुर्व खेलाडी जीवन साहानीलाई सम्मान गरिएको छ । केन्द्रीय समितिमा रहेर सामाजिक गतिविधि र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उपाध्यक्ष साहानीलाई सम्मान गरिएको हो ।

साहानी पनि एक महिने भ्रमणको क्रममा अहिले जापानमा रहेका छन । कार्यक्रममा बोल्दै घुम्टे युवा परिवारका केन्द्रीय अध्यक्ष थम्मन थापा सन्देशले प्रदेशी भूमिमा संस्थाले प्रदान गरेको अपार माया र सम्मानले सामाजिक उत्तर दायित्व बहन गर्न थप प्रेरणा प्रदान गरेको बताए । साथै उनले विदेशबाट हुने आर्थिक भौतिक नैतिक सहयोगलाई नेपालमा सहि सदुपयोग गर्न केन्द्रीय समिति र शाखा बिच सहकार्य र समन्वय भईरहने बताए । साथै अध्यक्ष थापाले संस्थाले गरेका गतिविधि, सामाजिक विषयवस्तु र आगामी दिनमा संस्थाले गर्न लागेका भावी कार्ययोजनाहरुको बारेमा जानकारी समेत गराएका थिए । त्यस्तै उपाध्यक्ष जीवन साहानीले अब केन्द्र र शाखा वीच समन्वय गरेर अक्षयकोष स्थापना गरि सामाजिक कार्यमा अगाडी बढनु पर्ने बताए ।

साथै अध्यक्ष थापाले समय,अनुशासन र मेहनत के हो भन्ने कुरा जापानबाट सिकेर समृद्व समाज निर्माणमा सवै युवाहरु एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा शाखा अध्यक्ष दिल बहादुर थापा रामुले शाखाले गरेका गतिविधि र भावी दिनको कार्ययोजनाको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै शाखा अध्यक्ष थापाले केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई जापानमा स्वागत गर्न पाउँदा आफुहरु हर्षित भएको बताए । २०७५ भदौमा जापानमा संस्थाले आफ्नो शाखाको स्थापना गरेको थियो । शाखा स्थापना भएपछि गाउँमा हुने विभिन्न सामाजिक कार्यहरुमा आर्थिक नैतिक भौतिक सहयोग प्राप्त हुँदै गईरहेको छ ।

स्थापनाको छोटो समयमै शाखाले थुप्रै उदाहरणीय कामहरु सम्पन्न गरेको छ । अतिथि रेष्टुरेण्ट मोतोयावाता टोकियोमा आयोजित उक्त कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरु, शुभेच्छुकहरु लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D