gulminews logo
मंगलवार, २०८० चैत्र ६

पक्की पुल नहुँदा खोला तर्न सास्ती

अनिल खत्री
६ साउन, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ । राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ ।

यसबीचमा पर्ने ५ वटा खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरिरहेको हो । सदरमुकाम तम्घासबाट पश्चिम तर्फ अतिव्यस्त मानिने मदनभण्डारी राजमार्ग भएर बिभिन्न स्थानमा पुग्ने सडकमा खहरे खोलाहरुमा पुल नबन्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन् ।

पुल नहँुदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउ–जाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् ।राजमार्गका गुर्वा, हुलाके, धनार्जी, चौरासी र सिमलटारी नजिकैको खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउजाउ गर्न समस्या परेको हो । अहिले वर्षातको समयमा खोला ठूलो भएकाले साना सवारी साधानहरु खोलामा डुब्ने गरेका छन् । वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ ।

खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुई तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता रहेको छ । करोडौं रुपैयाँले सडक पक्की भएपनि बिचमा पुल नबन्दा बाटो बनेजस्तो नभएको जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डेले बताए । वर्षातमा यात्रागर्दा वर्षातको पानीको बाटो हेरेर यात्रा गर्नुपर्ने अबस्था रहेको पाण्डेले बताए । बिचमा पक्की नभएकै कारण कोरोनाका बिरामीहरु खोला तर्न नसकेपछि बाटोमै मृत्यु समेत हुने गरेको पाण्डेको भनाई छ ।

वर्षातसँगै कोरोनाका बिरामी, सुत्केरी लगायतका बिरामीहरु लिएर हिड्नको निम्ति निकै समस्या परेको स्थानीय प्रर्मिला कार्कीले बताइन् । प्रत्येक वर्ष पुल नबन्दा सास्ती खेप्नु पर्ने अबस्थारहेकाले त्यसमा सरोकारवालाहरुको ध्यान जानुपर्नेमा कार्कीले जोड दिइन् । वारिपारि कालोपत्र सड्क भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सडक कालोपत्रे भयो भनेर आउनेहरू खोला तर्न नसक्दा समस्यामा पर्ने गरेका छन् ।

तम्घास सिमलटारी सडकमा वर्षातमा सधैं यस्तै समस्या आउने गरेकाले त्यसमा सम्बन्धीत निकायको ध्यान जानुपर्नेमा रेसुङ्गा नगरपालिका वडानम्बर–२ का झबिन्द्रलाल भण्डारीले बताए । राजमार्गमा पर्ने खहरे खोलाले वर्षेनी साना सवारी साधनहरु बगाउने गरेको बताए । राजमार्गमा पक्की पुल नहुदा वर्षातमा दैनिक उपभोग्य सामाग्री लैजानको निम्ति समस्या परेको व्यवसायी रेमलाल पाण्डेले बताए । वर्षातमा सामाग्री लैजाँदा सामानहरु कैयन पटक खोलामा डुबानमा पर्ने गरेको पाण्डेले बताए ।

मदन भण्डारी राजर्माग आयोजना कार्यालय गुल्मीका प्रमुख सशांंक मिश्रले यस आर्थिक वर्षमा ५ वटा स्थानमा पक्की पुल बन्नका लागि ठेक्का हुने बताए । पक्की पुल बनाउनको निम्ति सबै पक्रियाहरु अगाडी बढिसकेको मिश्रले बताए । राजमार्गको बिभिन्न खहरे खोलाहरुमा पहिलो प्राथामिकतामा राखेरै पक्की पुलको लागि काम अगाडी बढाइएको बताए । मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी खण्डका बिचबिचमा भएका पहिरो हटाउनको निम्ति पनि कार्यालयले काम गर्दै आएको छ ।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम २ वर्ष पहिले सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो । तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य भएको थियो । सडकको ट्याक खोलेको ३० वर्षपछि मात्रै कालोपत्रे भएको हो । सडक झण्डै एक अबरको लागतमा कालोपत्रे कार्यसम्पन्न भएको थियो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित छन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D