gulminews logo
मंगलवार, २०८१ जेष्ठ ८

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न जब बेलायतका गुल्मेलीहरु बाजागाजा बोकेर हजारौंँ दर्शक माझ पुगे

लण्डन, १९ जुन । नेपाली कम्युनिटी टनब्रिज केन्ट साथै प्रथम नौमती बाजा गुल्मी युकेको समुह । गत १६ जुन, केन्टस्थित शान्त सहर टनब्रिज । अति घमाइलो मौसमको साथ । सहरको दायाँबायाँ सडकमा रमिता हेर्नेको घुईचो थियो भने हजारौ दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए ।

’टनब्रिज समर कार्निभल’ मा एउटा भिन्न आकर्षण थियो नौमती बाजाको । प्रथम नौमती बाजा गुल्मी यूके समूहले त्यहाँ हालै नेपाली मौलिक धुन घन्काउँदा रमितेहरूको ध्यान नखिच्ने कुरै भएन । ’अरू ब्यान्डभन्दा हाम्रो नौमतीको रौनकताले सबैलाई आकर्षित गर्यो । उक्त समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हसिलो मुद्रामा भन्दै थिए, ’सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो ।’

सेन्सवरी कार पार्कछेउ एकत्रित भएर नौमती समूहले करिब एक किमि मार्च पास गर्यो अन्य ब्यान्डसँगै । मेयर Jill Anderson र टनब्रीज लायन्स क्लब अध्यक्ष Tom Simmons को मन स्थानीय नेपाली कम्युनिटी नौमती बाजाले छोएको बताउँदै नौमती बाजाको उत्कृष्ट प्रर्दशनले यस केय्नेवल मा स्थानीयबासीको उच्च मुल्यांकनले दर्शकको सहभागीता आकर्षक रहेको बताए ।

नेपाली कम्यूनिटी प्रदर्शनले दर्जनौं प्रतिस्पर्धी ब्यान्डबीच नौमती बाजा समुह र नेपाली कम्युनिटीलाइ यसबर्ष पनि उत्कृष्ट कम्युनिटी अर्वाड प्राप्त गर्न सफल भएको छ ।
नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थानमा आई ह्याट्रिक गरेको थियो यस्तै कहिले दोस्रो कहिले प्रथम हुदै आएको पनि थापाले जनाए । टनब्रिज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी छ ।

यस पालिको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरूको मेडल, गोर्खा ह्याट लगायर र आर्मी पोसाकमा ठाँटिएर मार्चिङमा सहभागी थिए ।
जसमा नेपाली कम्यूनिटी टनब्रिज केन्टका अध्यक्ष लेप्टन मोहन राना, उपाअध्यक्षद्धय चन्द्र साही साथै पबित्रा बुढाथोकी, सचिव भेष थापा कोषाध्यक्ष याम गुरूड मिडीया पि आर, दुर्गा बुढाथोकी साथै नेपाली समाज टनब्रिज केन्टका महिला समुहकी अध्यक्ष श्रीमती मानु थापा को नेतृत्वमा दिदीबहिनीहरूको सामुहिक नाँच र नवयुवाका अध्यक्ष बिकास रानाको नेतृत्वमा नानीहरूको टिपीकल नेपाली पोशाक बाजा गाँजासहित सहभागी मार्चपासले सबैको मन तानेको थियो ।

यसबर्ष ४० भन्दा बंढी समुदायको सहभागीतामा रहेको थियो भने पहिलोपटक ईण्डियन कम्यूनिटीको सामुहिक डान्स र ढोलक ब्याण्ड पनि नौलो अनि रोचक थियो ।
साथै ऊक्तदिन नौमती समुहको लागी खानपिन निःशुल्क प्रायोजन (काठमाण्डू भ्याली रेस्टुरेण्टका प्रोपाईटर मदन आले मगर र उनको टिमले गरेका थिए ।

नौमती समुहका प्रमुख सयोजक ओम थापा काउचा तथा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष टोप पल्ली, महासचिव तथा समुहका सयोजक बिर बलाल, बिन भुजेल, लाल काऊचा, ठाम रोका, पदम गुरुङ, याम गलामी, के रि बिर बहादुर थापा, होमलाल राना, याम थापा रहेका थिए ।

बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवद्र्धन गरिरहेको प्रथम नौमती बाजा गुल्मी युके समूह सम्मिलित टिम केहीअघि अल्डरसट फान्ब्रो नेपालिहरूको स्थानिय साझा संस्था ग्रेटर रशमूर नेपाली कम्युनिटी, नयाँ युवा समेतको साझेदारीमा ८ जुनमा भिक्टोकीया डे मा सफल भएको थियो । साथै बिभिन्न ठाउँ–ठाउँमा नेपाल कम्युनिटीहरूसँग अन्य समुदायसँग सहकार्यहरूमा पनि सहभागीमा बेस्ट रहेको छ ।

आउँदो जुलाई १३ दिन युरोपमा पनि सहभागीता जनाउनको निम्ती भब्य तयारी भएको छ । करिब लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको लन्डन मेला २०१९ मा सहभागी हुने तयारीमा छ ।
’हरेक कम्युनिटी प्रोग्राममा निःशुल्क सहभागिता जनाइरहेका छौं । खÞाली यातायात र जलपानको मात्र थोरै शुल्क लिने गर्दछौ । समूहका प्रमुख संयोजक थापाले भने, ’यहाँ मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु र केही भए पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुराउनु तथा यसबर्ष बिशेष रुपमा ‘भिजिट नेपाल २०२०’ लाई केही भए पनि टेवा पुराउन नै हाम्रो उद्धेश्य नै हाम्रो समुहको आम्दानी हो ।’

साथै गुल्मी जिल्ला समाज युकेसँग सहकार्य गर्दै नेपालका आशा अपाङ्ग केन्द्र तम्घासका लागि आर्थिक संकलन गर्दै नेपालका अंपाग असाहयहरूलाई सहयोग पनि गर्दै आएको छ ।
उक्तदिन सदा बर्षहरूमा जस्तै रोयल ब्रिटिश लिजनको निम्ति स्थानीय लायन्स क्लब, रोयल ब्रिटिश लिजनसँग सहकार्य गरी आर्थिक संकलनमा सहयोग पुर्याउँदै आएको पनि बताइएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D