देबेन्द्र केसी
नयाँ दिल्ली, अप्रिल ०७ । नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । महासंघकै कार्यालय हल तिस हजारी, दिल्लीमा सम्पन्न अधिवेशन मार्फत लोकेश शाह ‘आर्यन’ सर्व सम्मत अध्यक्ष बनेका छन् ।
भारतमा कार्यरत राजनैतिक, कुटनितिक तथा सामाजिक संस्थाहरु, नेपाली राजदुताबास, बित्तिय संस्था, नेपाल एअरलाईन्सका प्रतिनिधिहरुको उपस्थितिमा महासंघ भारत शाखाले नयाँ कार्य समिति चयन गरिएको थियो । कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष गोबिन्द आचार्यले भारतबाट सुरु भएको नेपाली पत्रकारिताले आज भारतमै नेपाली पत्रकारहरुको सञ्जाल खोल्ने र ऐक्यबद्घ हुने गौरव हासिल गरेको भन्दै महासंघको भावी योजना र भिजनका बारेमा प्रकाश पार्नुभएको थियो ।
अध्यक्ष आचार्यले भने, “भारत शाखा नेपाली नागरिक मैत्री र ईन्डो -नेपाली पत्रकार हरुको बिच पुलको रुपमा काम गरोस्, केन्द्र सदैव साथमा छ ”। घोषणा सभामा बोल्दै नेपाली दुताबासका सांस्कृतिक काउन्सलर होम प्रसाद लुँईटेलले राजदुत निलाम्बर आचार्यद्वारा प्रेषित सुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनिधिहरुले बोल्दै नव नियुक्त पदाधिकारीहरुको कार्यसफलताको सुभकामना दिनुभएको थियो ।
को को चुनिए शाखामा?
हिजो पहाड गन्ज स्थित ‘होटल स्विसटोन’ मा बसेको बन्दसत्रले ब्यापक छलफल गरि महासंघ केन्द्रीय समिति अध्यक्ष गोबिन्द आचार्यको रोहवर र लोकेश शाह ‘आर्यन’ को अध्यक्षता मा सर्वसहमतिय कार्यसमिति गठन गरेको छ । उपाध्यक्ष मा देबेन्द्र कुँवर, महासचिवमा अर्जुन खनाल चुनिएका छन् । त्यस्तै खुल्ला सचिवमा देबेन्द्र केसी, समानुपातिक सचिवमा धनबिर पुन, कोषाध्यक्षमा धन बहादुर बिक र सदस्यहरुमा क्रमश: बाबु रोका ‘मगर’, ईन्द्रकमल जैरु, भेषराज पौडेल, खुम बहादुर गुरुङ्ग र केशवराज पोख्रेल चुनिएका छन । प्रथम कार्यसमिति बैठकबाट प्रबक्ता र प्रान्तिय संयोजक टुङ्गो लगाउने महासंघ कार्यालयले जनाएको छ ।