gulminews logo
मंगलवार, २०८० चैत्र ६

नेपाली कांग्रेस गुल्मीको सभापतीमा खिलध्वज पन्थी, मतगणना नसकिँदै गरे जित पक्का

यो पनि पढ्नुस्: नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित, थापा माथी २ तिहाई मतको जीत

सन्जु काउछा
मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । आईतवार राती सार्वजनिक पछील्लो मतपरिणाम अनुसार प्रतिद्वन्द्वी बेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । यद्यपी मतगणना जारी रहेकाले अधिकारिक घोषणा हुन भने बाँकी छ । कुल खसेको १ हजार ६ सय ९३ मत मध्य १ हजार २ सय मत गन्दा सम्म पन्थीले ५२.२७ प्रतिशत अर्थात ८८५ मत प्राप्त गरेका छन् । उता बेद बहादुर थापा मगरले भने जम्मा २ सय ८३ मत प्राप्त गरेका छन् ।

महाधिबेशनका लागि १ हजार ७ सय ६६ जना महाधिवेशन प्रतिनिधी रहेकामा शनिबार र आईतवार भएको मतदानमा कुल १ हजार ६ सय ९३ मत खसेको थियो । जिल्ला सभापतिमा निर्वाचित पन्थीले १ हजार २ सय मत गन्दा सम्म ८८५ मत प्राप्त गरेका छन् । उता उनका प्रतिद्वन्दी थापाले भने जम्मा २ सय ८३ मत प्राप्त गरेका छन् ।

रामचन्द्र पौडेल पक्षका पन्थी र देउवा पक्षका थापाले जिल्ला सभापतिकाका लागि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । नेपाली कांग्रेसको ८ औँ जिल्ला अधिवेशनको नेपाली कांग्रेस नेता डा.चन्द्र भण्डारीले शुक्रवार उद्घाटन गरेका थिए । दुबै युवा नेतृत्व रहेकाले कडा प्रतिस्पर्धा हुने धेरैको आँकलन थियो तर मत परीणाम भने ठीक उल्टो देखिएको छ ।

देउवा समुहका उम्मेदवारहरुले काङ्ग्रेस गुल्मीको अधिवेशनमा मतदान प्रक्रिया संकास्पद रहेको भन्दै बिरोध जनाएपछी शनिबारको मतदान स्थगित भएको थियो । कालिगण्डकीको गाउँपालिका प्रमुख समेत रहेका बेद बहादुर थापा मगरको आइतबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेका थिए । उनले शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको आराेप समेत लगाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D