gulminews logo
बिहीबार, २०८० चैत्र १५

धुर्मुस-सुन्तली फाउण्डेशनलाई फिन्ल्यान्डबाट ६ लाख ६६ हजार रुपैँया सहयोग

सन्जु काउछा
हेल्सिन्की । फिन्निश-नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो ।
dhurmus suntali foundation
फिन्निश नेपाली समाज र एनआरएनएको अलावा नेपाल फिनल्याण्ड हालेमालो नेटवर्क, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसन, तुर्कु नेपाल एसोसियसन, सुओमी नेपाल सेउरा र सन्जाल रेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो । समाजका कोषाध्यक्ष मुकुन्द भण्डारी सहित एनआरएनए आईसिसि सदस्य तथा एनआरएनए फिनल्याण्डका निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसनका राजेश राई र सौरभ ढुङ्गानाले संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल “धुर्मुस”लाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग रकम बुझ्दै कट्टेलले सहयोग कर्ममा जोडीएका संघ सँस्था र सम्पुर्ण फिनल्याण्डमा बसोवास गर्नुहुने सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।

गत अगष्टमा मध्य तथा पूर्वी तराई बाढि र डुवानमा परि ठूलो मात्रामा जनधनको क्षती भए पश्चात रौतहटका बाढी पीडितहरुलाई फिन्निस नेपाली समाज, एनआरएनए फिनल्याण्ड लगायत फिनल्याण्डमा कृयाशिल विभिन्न संघसंस्थाहरुको पहलमा झन्डै १३ लाख बराबरको राहत सामाग्रीहरु पठाईएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D