gulminews logo
शुक्रबार, २०८० चैत्र १६

धुर्कोटको अध्यक्षमा माओवादीका पोखरेल र उपाध्यक्षमा एमालेकी गिरी निर्वाचित

गुल्मी, २ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् ।

माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी गिरीले ६ हजार १ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।

सो गाउँपालिकामा नेपाली कांग्रेस र एकीकृत सामाजवादी बिच चुनावी गठबन्धन भएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि चुनावी तालमेल गरेका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए । त्यस निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्षमा निर्वाचित भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D